एमाले सांसद भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश
नेकपा एकीकृत समाजवादीले जोशीलाई दियो स्थायी समिति सदस्यको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेका प्रतिनिधीसभा सदस्य तथा केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले उनलाई टिका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
जोशी सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता पनि हुन् । एमालेमा जोशी सुदुरपश्चिम प्रदेशका अध्यक्ष थिए । जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै सोही क्षेत्रबाट २०६४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनले यसअघि वनमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन् ।
उनी पहिले माधव नेपाल एमालेमा रहँदा माधव नेपालसँगै रहेका थिए । तर पछि माधव नेपालले अलग पार्टी गठन गरेपछि उनी भीम रावल लगायत नेताहरुसँगै एमालेमै रहेका थिए ।
तर उनले एमालेमा ब्यीक्तवाद हावी भएकोले आफु नेकपा एकीकृत समाजवादीमा आएका वताएका छन् ।
उनलाई नेकपा एसले पार्टीको स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी दिने भएको छ । अध्यक्ष माधव नेपालले उनलाई पार्टी प्रवेश गराउँदै आजै बस्ने स्थायी कमिटि बैठकले स्थायी कमिटि सदस्यको जिम्मेवारी दिने सुनाएका थिए ।















तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया