शुक्रबार, चैत २७, २०८२

धादिङ अस्पतालमा चरम लापरबाही : भिडियो एक्सरे मेसिन छ, कर्मचारी छैन !

दया दुदराज २०७८ असोज २१ गते १२:१८
फोटो साभार

काठमाडौँ । रुबीभ्याली गाउँपालिका ३ निवासी अन्दाजी २६ वर्षीया सरिता (नाम परिवर्तन) बुधबार दिउँसो २ बजे धेरै पेट दुखेर जिल्ला अस्पताल धादिङ्गमा पुगिन् । अस्पतालको आकस्मित कक्षमा पुगेकी उनलाई कर्मचारीहरुले कुनै चासो दिएनन् । उनी अस्पताल पुगेको ३ घण्टासम्म चिकित्सकको पर्खाईमा बसिन् । अस्पताल पुगेको चौथो घण्टामा एक जना चिकित्सक आईपुगे र जाच्न थाले ।

Advertisement
nepal life insurencenepal life insurence

पेट साह्रै दुखेको कारणले डाक्टरले सरितालाई सिस्ट भएको बताए लगत्तै भिडियो एक्सरे गर्न सल्लाह दिए । सरिताले सल्लाहअनुसार नै भिडियो एक्सरे गर्ने निधो गरिन् र भिडियो एक्सरे गर्ने मान्छेको पर्खाईमा बसिन् । साँझ पर्दै गयो तर भिडियो एक्सरे गर्ने मान्छे आएनन् ।

सरिताले केही बेर धैर्यता देखाईन् र सोधपुछ कक्षमा गएर ‘भिडियो एक्सरे गर्ने डक्टर कतीबेला आउनुहुन्छ ?’ भनि प्रश्न गरिन् । सोधपुछ कक्षमा रहेका कर्मचारीले सरितालाई एकै छिनमा आउनुहुन्छ भन्ने आश्वासन दिए । तर रातको ९ बजिसक्दा पनि भिडियो एक्सरे गर्ने मान्छे आएनन् । उनले धेरै पटक सोधपुक्ष कक्षमा गएर प्रश्न गरिन्, सोधपुछ कक्षको कर्मचारीले प्रत्यक पटक एउटै शब्द दोहोरीरह्यो ।

सरिता धर्यताक साथ बसिरहिन् तर विहान हुँदासम्म पनि भिडियो एक्सरे गर्ने मान्छे नआएपछि उनले डाक्टरलाई भेटिन् । डाक्टरको जवाफ थियो, ‘याहाँ भिडियो एक्सरे गर्ने मेसीन छ । तर भिडियो एक्सरे गर्ने मान्छे छैनन् । भिडियो एक्सरे गरेर हेर्ने भए टिचिङ जानुस्, हैन भने यतै एपेन्डीसाईटिसको अपरेसन गर्नुस् ।’ यो जवाफले सरिता एकै छिन् स्तब्ध भईन् । तर उनले केही गर्न सकेनन् । ३ वर्षीया छोरी च्यापेर उनी काठमाडौँ महाराजगंजस्थित शिक्षण अस्पताल आउने तर्खर गर्दैछिन् ।

रुविभ्यालीकी सरिताको घटना एउटा नमुना मात्रै हो । जिल्ला अस्पताल धादिङ्गबाट प्रत्यक दिन उपचारका लागि आएका मान्छेहरुले भिडियो एक्सरे गर्न पाएका छैनन् । खर्च जुटाउन सक्नेहरु राजधानी आउँछन् । तर खर्च नभएकाहरु भने जिल्ला अस्पतालबाटै बिरामी शरिर बोकेर घर फर्किन्छन् ।
कर्मचारी समयमा उपस्थित नहुने र बिरामीहरुलाई घण्टौंसम्म कुराएर राख्ने प्रवृत्तिले गर्दा धादिङ्ग अस्पतालले दिनुपर्ने सुविधा नपाएको स्थानियको गुनासो छ ।

हामीसँग कर्मचारी छ : अध्यक्ष धमला
धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गबेसीस्थित जिल्ला अस्पताल धादिङ्गका अध्यक्ष महेन्द्र धमलाले जिल्ला अस्पतालमा कर्मचारी रहेको बताएका छन् । ‘जिल्ला अस्पतालमा भिडियो एक्सरे गर्ने मेसिन पनि छ र कर्मचारी पनि छ । ’ अध्यक्ष धमलाले भने,‘हामिसँग २ जना भिडियो एक्सरे गर्ने कर्मचारीहरु हुनुहुन्छ ।’

कर्मचारी भएर पनि कार्यालय नआउने रहेछन् हैन त ? भन्ने मेरोन्यूजको प्रश्नमा अध्यक्ष धमलाले भने, ‘कार्यालयमा नै आउनुहुन्छ तर उहाँको केस अलि जटिल हुने हो की भनेर टिचिङ अस्पतालमा पठाएको (रिफर गरिएकाे) हुनसक्छ ।’‘हामीले सकेसम्म आफ्नै ठाउँबाट उपचार गर्न खोज्छौ सम्भव नभएको खण्डमा मात्रै अन्त रिफर गछौँ ।’ अध्यक्ष धमलाले भने ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया