ब्राउन सुगर र चरेससहित महिला पक्राउ
मेरोन्यूज
२०७८ असोज २१ गते १६:३०

काठमाडौँ । कैलालीको धनगढीबाट अवैध लागु औषध ब्राउन सुगर र चरेससहित एक महिला पक्राउ परेकी छन् । वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएका प्रहरी टोलीले जिल्ला डडेल्धुरा अजयमेरु गाउँपालिका ४ घर भई हाल धनगढीको राजपुर कोठा गरी बस्ने वर्ष ३४ कि आशा बिष्टलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट ९ ग्राम २७० मिलिग्राम ब्राउन सुगर र ४४ ग्राम ७७० मिलिग्राम चरेस र नेपाली रुपैयाँ १२ हजार २ सय रुपैयाँ बरामद गरेको हो ।
बिष्टलाई पक्राउ गरी लागु औषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया