बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति

काठमाडौँ । सत्ता गठबन्धन दलले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशको मुख्यमन्त्री दिने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको शीर्ष नेताहरूबीच एकीकृत समाजवादीलाई बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको हो ।
स्रोतका अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा बसेको बैठकमा बागमती प्रदेशको मुख्यमन्त्रीको बारेमा समेत छलफल भएको हो । बैठकले जति सक्दो चाँडो मुख्यमन्त्रीको बारेमा समेत टुंगो लगाउने भएको हो ।
यस्तै, आजको बैठकले मन्त्री मण्डल विस्तार गर्ने भनिए पनि दलहरुबीच मन्त्रालय भाग वण्डामा विवाद भएपछि मन्त्रिपरिषद विस्तार रोकिएको छ ।
दलहरूले थप छलफल गरी भोलि शुक्रबार मन्त्री मण्डल विस्तार गर्ने निर्णय गरेको छ । जसमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।
















इरानी जहाजमा अमेरिकी आक्रमण, ६ जना घाइते ६ वेपत्ता
चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने
अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया