बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति

काठमाडौँ । सत्ता गठबन्धन दलले नेकपा एकीकृत समाजवादीलाई बागमती प्रदेशको मुख्यमन्त्री दिने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको शीर्ष नेताहरूबीच एकीकृत समाजवादीलाई बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको हो ।
स्रोतका अनुसार मन्त्रिपरिषद्लाई पूर्णता दिन बालुवाटारमा बसेको बैठकमा बागमती प्रदेशको मुख्यमन्त्रीको बारेमा समेत छलफल भएको हो । बैठकले जति सक्दो चाँडो मुख्यमन्त्रीको बारेमा समेत टुंगो लगाउने भएको हो ।
यस्तै, आजको बैठकले मन्त्री मण्डल विस्तार गर्ने भनिए पनि दलहरुबीच मन्त्रालय भाग वण्डामा विवाद भएपछि मन्त्रिपरिषद विस्तार रोकिएको छ ।
दलहरूले थप छलफल गरी भोलि शुक्रबार मन्त्री मण्डल विस्तार गर्ने निर्णय गरेको छ । जसमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया