साफ च्याम्पियनसीप : भारत र श्रीलंका बराबरीमा रोकिँयो, नेपाल थप बलियो स्थितिमा
मेरोन्यूज
२०७८ असोज २१ गते २०:२१

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसीप आजको खेलमा भारत र श्रीलंकाले अंक बाँडेका छन् । दुवै टिमले गोल गर्न नसकेपछि ०-० को नतिजा निकाल्दै अंक बाँडेको हो ।
आजको खेलमा दुवै टिमलाई जितको आवश्यक रहेको थियो । तर, गोल गर्न नसकेपछि अंक बाँड्ने अवस्थामा पुगेको हो ।
श्रीलंका यसअघिका दुवै खेलमा पराजीत भइसकेको छ । आजको खेलमा बराबरी रोकिएसँगै उसको फाइनल यात्रा सकिने भएको छ ।
यस्तै, भारतका लागि जित आवश्यक रहेको खेल बराबरीमा रोकिएसँगै अंक तालिकामा भारत कमजोर बन्न पुगेको छ । यसअघि बंगलादेशसँग पनि भारतले बराबरी नतिजा निकालेको थियो । आजको खेल बराबरीमा रोकिएसँगै ७ पटकको च्याम्पियन बनेको उसको फाइनल यात्रा कठिन बनेको छ ।
यता आजको नतिजा नेपाललाई अनुकूल बन्न पुगेको छ । दुई खेलमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल फाइनलको बलियो दाबेदार बनेको छ ।
सम्बन्धित









कालीमाटीमा आज कति छ तरकारी र फलफूलको मूल्य ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै
निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया