विधेयक फिर्ता गरेर सरकारले गल्ती गर्याे : नेता नेम्वाङ
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ । एमालेका संसदीय दलका उपनेता सुवाष नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन् ।
शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिए । उनले भने, ‘निजामती विधेयक कति समय समितिमा छलफल भयो, तपाई हामी सबैको दबाब चाँडो ल्याउ, चाँडो पास गर भनी राखेको विधेयक हो, बल्लबल्ल संसदमा प्रवेश गर्यो । संसदमा त्यतिञ्जेल रह्यो, अब अहिले आएर त्यसलाई फिर्ता लैजाने भनेर सरकारले फिर्ता लिने काम गर्यो, यो साह्रै बेठिक र उल्टो काम भइराखेको छ ।’
उपनेता नेम्वाङले सरकारले आफूको कारणले कुनै विधेयक नरोकेको स्मरण गराएका थिए । तर, उनले सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको तर्क राखेको थियो ।















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया