मंगलबार, चैत २४, २०८२

मुख्यमन्त्री शाक्यले आइतबार विश्वासको मत लिने

मेरोन्यूज २०७८ असोज २२ गते १७:५४

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोस २४ गते अर्थात आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री बनेकी उनी नेकपा एमाले विभाजन भएसँगै अल्पमतमा परेकी थिइन् ।

Advertisement
nepal life insurencenepal life insurence

विश्वासको मत लिन उनले आज दिउँसो ३ बजे विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना प्रदेश सभा सचिवालयमा दर्ता गराएकी थिइन । प्रदेश सभा सचिवालयका सचिवलाई मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वासको मत लिन प्रस्ताव पेस गर्ने सूचना बुझाएका थिए ।

मुख्यमन्त्री शाक्यले पेस गरेको पत्रमा दल विभाजन भएको परिप्रेक्षमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ उपनियम (१) बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्ताव पेस गर्न यो सूचना दिइएको उल्लेख छ ।

प्रतिक्रिया