बिहीबार, जेठ १, २०८२

नवनियुक्त मन्त्रीहरूसहित २ राज्यमन्त्रीले लिए शपथ

मेरोन्यूज २०७८ असोज २२ गते १८:०७

काठमाडौँ । नवनियुक्त १६ जना मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार साँझ उनीहरूलाई शपथ गराएका हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरूलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।

देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई शपथ गराएका हुन् ।

प्रतिक्रिया