बागमती प्रदेशमा बन्यो नेपालकै पहिलो ‘एग्रिगेटर सूचना बैंक’

काठमाडौं । सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरका रुपमा सूचना बैंक सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलोपटक सूचना बैंक बनेको हो । सुशासन र पारदर्शिताका लागि सूचना महत्वपूर्ण हुनेछ ।
प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम बागमती प्रदेशका ७ मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ कार्यालयको सूचना एउटै पोर्टलबाट पाउनसक्ने बनाइएको हो । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्री अजयक्रान्ति शाक्यले सूचना बैंक उद्घाटन गरेको हो ।
बागमती प्रदेशका सबै कार्यालय र स्थानीय तहलाई सूचना बैंकमा लिंक गर्दा बागमती प्रदेशको सूचना बैंकले पूर्णता पाउनेछ । यसरी नै बाँकी ६ प्रदेशले पनि आआफ्ना प्रदेशको सूचना बैंक बनाइदिए संघीय सरकारले ७ वटै प्रदेशका सूचना बैंकलाई लिंक गरी नेपालको सूचना बैक बनाउन सकिने जनाइएको छ ।
सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेबसाइट सर्च गर्नुपर्दैन, सूचना बैंकको पोर्टलमा जाँदा १४ वटै कार्यालयका वेबसाइटमा राखिएका सूचना पाउनसक्ने गरी बनाइएको छ । हाल समेटिएका १४ कार्यालयका सूचना वा दस्ताबेजहरु सूचना बैंकको पोर्टलबाट डाउनलोड गर्नसमेत सकिने रजिष्ट्रार रेवती सापकोटाले बताए ।
नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता, सञ्चार एवम् सूचनाको हक संरक्षण र सम्वद्र्धन गर्दै प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ को दफा ५५ बमोजिम सूचना बैंक बनेको सापकोटाले बताए ।
प्रदेश सूचनाको हक सम्बन्धि ऐन, २०७६ को दफा ३, ४ र ५ बमोजिम प्रदेश सरकारले सरकारी तथा सार्वजनिक निकायबाट प्रकाशित नागरिकसँग सरोकार राख्ने र सार्वजनिक महत्वका सूचनाहरु संकलन, भण्डारण र बितरण गर्न सूचना बैंक उपयोगी हुने भएकाले उहाँको विश्वास छ ।












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया