अपहरणमा परेको १० घण्टाभित्रै बालकको सकुशल उद्धार

काठमाडौं । अपहरणमा परेको १० घन्टाभित्रै एक बालककको सकुशल उद्धार गरेको छ। सुनसरी जिल्लाको कोसी गाउँपालिका–७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर–६ बाट बालकको सकुशल उद्धार गरिएको हो।
बिहीबार दिउँसो ३ बजे भारतको बैरयाकमाल बस्ने मकुम मियाँले मोटरसाइकलमा लगरे बालकको अपशरण गरेका थिए । बालकलाई घरदेखि ३५ किलोमिटर पूर्व दक्षिणमा लगेर राखेको अवस्थामा फेला पारिएको हो । बालकलाई अपहरण गर्ने मियाँले कुटपिटसमेत गरेको पाईएको छ ।
घटनामा भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मिँयासमेत संलग्नता रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । मुकुम मियाँ नेपालबाट भारत कामदार पठाउने ठेकेदारसमेत रहेका थिए । उनले कोसी गाउँपालिका–७ का १५र२० जना स्थानीयलाई काम लगाइदिन्छु भन्दै सोही स्थानका भुल्टन सदालगायत पाँचजनाबाट प्रतिव्यक्ति दुई लाखका दरले रकम समेत उठाएका थिए ।
स्थानीयले बालक अपहरण गर्ने मकुम मियाँमाथि शंका गरेपछि उनीहरूले भारत नजाने बताएका थिए। त्यसैको रिस फेर्न भुल्टनकै गाउँको बालकलाई अपहरण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया