अपहरणमा परेको १० घण्टाभित्रै बालकको सकुशल उद्धार

काठमाडौं । अपहरणमा परेको १० घन्टाभित्रै एक बालककको सकुशल उद्धार गरेको छ। सुनसरी जिल्लाको कोसी गाउँपालिका–७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर–६ बाट बालकको सकुशल उद्धार गरिएको हो।
बिहीबार दिउँसो ३ बजे भारतको बैरयाकमाल बस्ने मकुम मियाँले मोटरसाइकलमा लगरे बालकको अपशरण गरेका थिए । बालकलाई घरदेखि ३५ किलोमिटर पूर्व दक्षिणमा लगेर राखेको अवस्थामा फेला पारिएको हो । बालकलाई अपहरण गर्ने मियाँले कुटपिटसमेत गरेको पाईएको छ ।
घटनामा भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मिँयासमेत संलग्नता रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । मुकुम मियाँ नेपालबाट भारत कामदार पठाउने ठेकेदारसमेत रहेका थिए । उनले कोसी गाउँपालिका–७ का १५र२० जना स्थानीयलाई काम लगाइदिन्छु भन्दै सोही स्थानका भुल्टन सदालगायत पाँचजनाबाट प्रतिव्यक्ति दुई लाखका दरले रकम समेत उठाएका थिए ।
स्थानीयले बालक अपहरण गर्ने मकुम मियाँमाथि शंका गरेपछि उनीहरूले भारत नजाने बताएका थिए। त्यसैको रिस फेर्न भुल्टनकै गाउँको बालकलाई अपहरण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ।


















प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया