सत्ता गठबन्धन अब भत्कदैन : प्रचण्ड
सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शंका थियो । हिजोदेखि दुर्घटना टर्यो

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्कने सम्भावना अब टरेको बताएका छन् । लामो समयदेखि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पूर्णता नदिईरहदा कतै गठवबन्धन भत्किन सक्ने त होइन भन्ने आशंका जन्मिरहेको बेला गठबनधन दलकै एक घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब त्यस्तो सम्भावना टरेको बताएका हुन् ।
गृहजिल्ला चितवन पुगेर उनले पत्रकारसँग एमसीसी परिमार्जन बिना सरकारले पारित गर्न संसदमा अगाडि नबढाउनेदेखि चितवन जस्तो जिल्लामा चुनावी गठवन्धन समेत समझदारीका आधारमा बन्ने सम्म बताएका थिए । त्यसपछि उद्योग सघ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशनलाएै शनिवार उद्घाटन गर्दै प्रचण्डले अव अर्ली इलेक्सनको चलेको हल्ला पनि समाप्त भएको जिकिर गरे ।
“सरकारले हिजो मात्रै पूर्णता पाएको छ । सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो । हिजोदेखि दुर्घटना टर्यो,” पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, –‘अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु । सबै मिलेर काममा लाग्ने समय आएको छ । शङ्का हटाएर काममा जुटौँ ।”
देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उनले भने, –“नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ । राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ । तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौँ । यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो ।”


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया