आयुर्वेद शिक्षाका लागि नेपाल विश्वको हावर्ड विश्वविद्यालय बन्न सक्छ

पर्वतमा जन्मिएका डा.निर्मल भुसालले नेपालमा स्कुल र प्लस टु अध्ययनपछि छात्रबृत्ति पाएर भारत जाने मौका पाए । बिएएमएस, एमडि छात्रबृत्तिमै पढेका भुसालले भारतबाटै विद्यावारिधी गरे । उनले राष्ट्रिय आयुर्बेद संस्थानबाट आयुर्वेदको पञ्चकर्ममा विद्यावारिधी हासिल गरेका छन् । अध्ययन सकेर नेपाल फर्किएका उनले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा काम गरे । हाल त्रिवि आयुर्वेद क्याम्पस, किर्तिपुरमा उप–प्राध्यापक रुपमा कार्यरत भुसाल आयुर्वेद चिकित्सा परिषदको रजिस्ट्रारको पनि जिम्मेवारी सम्हालिरहेका छन् । लामो समयदेखी आयुर्वेद क्षेत्रमै क्रियाशिल भुसालसँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :-
खासमा आयुर्वेद कस्तो प्रकारको विज्ञान हो ?
आयुको विज्ञान हो, आयुर्वेद । यसले जन्मदेखी मृत्युसम्म रोगको चिकित्सा गर्छ । यो परम्परा, विधी सदियौं वर्षदेखी चलि आएको छ । अरु उपचार विधी रोगी र रोगको उपचारमा केन्द्रित हुन्छन् । तर, आयुर्वेदको उद्देश्य भनेको रोग लाग्नै नदिनु भन्ने हो । यो एक विशुद्ध विज्ञान हो ।
यति महत्वको विषय भएर पनि किन आयुर्वेद ओझेलमा पर्दै ग¥यो ?
प्राचिन काल, मध्य युग, आधुनिक कालसम्म आई पुग्दा आयुर्वेदले विभिन्न चरणहरु पार गर्दै गयो । उहिले–उहिले गुरुकुलमा आयुर्वेदबारे पढाई हुन्थ्यो । पछि त्यो परम्परा हराउँदै गयो । पढाईमा कमी हुँदै गयो । हाम्रो संस्कृतिमाथि अन्य संस्कृतिबाट आक्रमण भयो । भारतवर्षमा पर्ने तक्षशिला एकेडिमी, नालन्दा जस्ता विश्वविद्यालयहरूमा आक्रमण गरियो । हाम्रा पुस्तकहरु जलाईयो । मध्य युगमा पश्चिमा, मुगलहरू त्यस्तो खालका गतिबिधीमा संलग्न थिए ।
त्यसैगरी मानिसहरुको सोच, जीवनशैलीमा पनि परिवर्तन भयो । केमिकल प्रयोग गरिएका औषधीले बजार ओगट्दै गयो । त्यसमा लगानी, अनुसन्धान पनि बढ्यो । तर, आयुर्वेदलाई मानिसहरुले भुल्दै गए । यसबारे खोज, अनुसन्धान भएन । सरकार र शासक वर्गको प्राथमिकतामा आयुर्वेद परेन । बरु सधैँ उपेक्षामा प¥यो । अहिलेको परिस्थीति हेर्दा केही कमजोरी महसुस भएको छ । रैथाने विज्ञानमा विश्वको आँखा गएको छ । स्वास्थ्यप्रति मानिसहरु जागरुक भएका छन् । अन्तर्राष्ट्रिय बजारमा आयुर्वेदको माग बढ्न थालेको छ । हामीले केही पुर्वाधारहरु तयार गर्ने हो भने नेपाल बाहिरका देशहरुबाट पनि विद्यार्थीहरु यहाँ अध्ययनका लागि आऊछन् ।
आयुर्वेद शिक्षाको महत्व के छ ? नेपालमा यसको पढाई कत्तिको महंगो छ ?
नेपालकै पहिलो प्राविधिक शिक्षा भनेकै आयुर्वेद हो । अहिले नेपाल संस्कृत विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र केही निजी कलेजहरुमा पनि यसको पढाई भईरहेको छ । आयुर्वेदमा प्लस टु पछि साढे ५ वर्षे कोर्ष हुन्छ । साढे ४ वर्ष कोर्षको पढाई हुन्छ भने एक वर्ष इन्टर्न गर्नुपर्छ । एमबिबिएसको पढाई भन्दा सस्तो हुन्छ । १० देखि १५ लाख रुपैंयाँ खर्च लाग्छ । चिकित्सा शिक्षा छात्रबृत्तिका लागि कोटा निर्धारण गरेको छ । ७५ प्रतिशत छात्रबृत्ति छुट्याइएको हुन्छ । जसले आयुर्वेदबारे बुझेका छन्, उनीहरु आफ्नो सुन्दर भविष्य देखेर यस क्षेत्रमा आएका छन् । तर, ठूलो संख्यामा आकषर्ण भने देखिदैन । धेरै प्रचार–प्रसार भएको देखिदैन ।
तुलनात्मक रुपमा आयुर्वेद उपचार कत्तिको खर्चिलो छ ?
आयुर्वेद उपचार स्थानिय स्तरमा पाईने जडिबुटिका आधारमा गरिने भएकाले त्यति महंगो त हुँदैन । रैथाने चिकित्सा पद्दति भएकाले यो त्यति महंगो पर्दैन । हाम्रोमा उपलब्ध स्रोत, साधनको उपयोग गर्न सकिन्छ । गरिब र कम आयस्रोत हुनेहरुका लागि पनि आयुर्वेद उपचार पद्दति सहज छ । त्यति धेरै खर्चिलो छैन ।
आयुर्वेदको महत्वलाई बढावा दिन सरकारले के–कस्तो पहल गरेको पाउनु हुन्छ ?
विस्तारै पहल भईरहेको देखिन्छ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नारा बोकेर ठाउँ–ठाउँमा नागरिक आरोग्य केन्द्र स्थापना भईरहेका छन् । देशभरी स्वास्थ्य केन्द्र र औषधालयहरु छन् । यि भनेका सेवा केन्द्र हुन् । भारतको केरलामा त्यहाँको सरकारले आयुर्वेद चिकित्सक एवम् आयुर्वेद स्वास्थ्य संस्था स्थापना गर्न सफ्ट लोन दिने गर्छ । नेपालमा पनि त्यस्तै प्रकारको स्किम ल्याउन जरुरी छ । सरकारले दिएको नारा, आवाज, नीतिमा सिमित छ । तर, वास्तविकतामा भने लागु भईसकेको छैन । जति प्रगति हुनु पर्ने हो त्यति भएको छैन । नयाँलाई त्यति धेरै अवसरहरु छैनन् ।
आम मानिसहरुमाझ आयुर्वेद उपचार पद्दतीलाई कसरी सहज रुपमा पु¥याउने ?
हामीले सबैभन्दा पहिला त जनताको विश्वास जित्नुप¥यो । हामीले दिने सेवाको गुणस्तर, यसको दायरालाई फैलाएर सर्वसाधारणको मन जित्ने हो । आयुर्वेद अस्पताल, सरकारी निकायमा योग्य जनशक्तिलाई काम दिनुप¥यो । सबै स्थानिय तह, प्रदेश र केन्द्रमा अध्ययन गरेका, आयुर्वेदको महत्वलाई बुझाउन सक्ने जनशक्तिको व्यापक परिचालन गरिनुपर्छ ।
आयुर्वेदका क्षेत्रमा नेपालले कसरी फाइदा लिन सक्छ ? त्यसको सम्भाबना के छ ?
नेपालमा मेडिकल टुरिजमको अथाह सम्भाबना छ । नेपाल यस्तो देश हो, जहाँ ६ वटा ऋतुहरु छन् । अन्य देशमा यति लोभ लाग्दो मौसम पाइदैन । कतै एकदम चिसो, कतै एकदम गर्मी मौसम हुन्छ । तर, नेपालमा ऋतु अनुसारका फरक मौसम छन् । जसरी गाडीलाई सर्भिसिङ गरिन्छ, त्यसरी नै शरीरको पनि सर्भिसिङ गर्नुपर्छ । आयुर्वेदमा शरीर शुद्धिकरण गर्ने विधीलाई पञ्चकर्म भनिन्छ जसबाट बडी डिटोक्सीफिकेसन गरिन्छ । त्यसका लागि अहिलेको सिजन एकदमै उपयुक्त मानिन्छ । शरद ऋतुमा विरेचन गरिन्छ । बसन्तमा वमन गराउन सकिन्छ । हरेक ऋतुमा शरीरको सफाइका लागि आफ्नै विधी छन् । त्यसका लागि नेपाल उपयुक्त देश हो ।
यस्तै आयुर्वेद शिक्षाका लागि नेपालमा धेरै सम्भाबना छ । यहाँको जस्तो बायोडाइभर्सिटी अन्त पाइदैन । अहिले संसारका प्रख्यात विश्वविद्यालयहरु नेपालमा अनुसन्धान गर्न चाहन्छन् । आयुर्वेद शिक्षाका लागि नेपाल विश्वको हावर्ड विश्वविद्यालय बन्न सक्छ । नेपालका पुस्तकालयमा संस्कृतमा लेखिएका आयुर्वेदका राम्रा पुस्तकहरु छन् । तिनलाई अनुवाद गर्ने विज्ञको कमी छ ।
आयुर्वेदलाई हामीले फैलाउन सक्नुपर्छ । हामी राम्रो व्यापार गर्न सक्छौं । नेपालमा उपचारका लागि आएका विदेशीहरु केही समय घुमफिर गर्छन् । लामो समय सम्म बस्छन् । यसले गर्दा हामीले ठूलो परिमाणमा पर्यटक र विदेसी विद्यार्थी भित्र्याउँन सक्छौं ।
आयुर्वेद क्षेत्रमा सरकारले के के पहल गरेको छ ?
नेपाल सरकारले विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना कार्य अगाडि बढाएको छ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
प्रतिक्रिया