लुम्बिनी प्रदेशमा सरकार विस्तार हुँदै : यी हुन् बन्ने मन्त्री ?

बुटवल । लामो समयसम्म मन्त्री परिषद् विस्तार गर्न चुकिरहेको लुम्बिनी प्रदेश सरकारले आज मनित्रपरिषद् विस्तार गर्न लागेको छ । दिउँसो ३ वजे मन्त्रीहरुलाई सपथ गराउने गरी मुख्यमन्त्री कुलप्रसाद केसीले तयारी गरिरहेका छन् ।
मन्त्रीका लागि सत्तासिन दलहरु कांग्रेस, माओवादी केन्द्रले नाम टुंगो लगााएका छन् ।
कांग्रेसवाट यी बन्दैछन् मन्त्री
कांग्रेसबाट वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने भएका छन् । यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट कपिलवस्तुकी रिना नेपाल विक र अर्जुन कुमार श्रेष्ठलाई पठाउने निर्णय कांग्रेसले गरेको प्रमुख सचेतक फखरुद्दिन खानले जनाएका छन् । कांग्रेसबाट दाङका डिल्लीबहादुर चौधरी साउन २८ गते नै पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री भइसकेका छन् ।
माओवादीवाट यी बन्दैछन् मन्त्री
माओवादी केन्द्रले दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा लाई मन्त्री बनाउँदैछ । उनीहरुको नाम यस अगाडी नै माओवादीले टुग्गो लगाईसकेको छ ।
माओवादीबाट प्युठानका कृष्णध्वज खड्का आर्थिक मामिला तथा सहकारी मन्त्री बनिसकेका छन् । आज हुने मन्त्रीले आन्तरिक मामिला तथा सञ्चार, कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।
विमला खत्री वली पनि राज्यमन्त्री बन्दै
तत्कालिन एमालेका नेता उत्तरकुमार वलीको निधन पछि तत्कालिन नेकपाले उनको स्थानमा दाङमा विमला खत्री वलीलाई उम्मेदवार उठाउने निर्णय गरेको थियो । त्यसपछि उनले चुनाव पनि जितिन् । तर उनले एमाले माओवादी विभाजन पछि माओवादी केन्द्र रोजिन । कहिले उनी एमाले कहिले माओवादी बनेको चर्चा चलिरह्यो । अनेक खालको वक्तब्यवाजी पनि भईरह्यो । अन्तिममा उनले ततकालिन मुख्यमन्त्री शंकर पोखरेलले आफनो निवासमा बन्धक बनाएर एमालेमो रहेको नक्कली वक्तब्य दिन लगाएको जिकिर गरेर पत्रकार सम्मेलन पनि गरिन् । उनी माओवादीमा छिन् अहिले ।
माओवादीकै कोटामा उनी आज विस्तार हुन लागेको प्रदेश मनित्रपरिषद्मा राज्यमन्त्री बन्दैछिन् ।
एकीकृत समाजवादीकी एक्ली सांसद पनि मन्त्री
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकाी एक्ली सांसद रमा घर्ती पनि मन्त्री बन्दैछिन् । उनले मात्र एमाले छोडेर नेकपा एकीकृत समाजवादी रोजेकी छिन् । केन्द्र देखि प्रदेश सम्म सत्ता गठवनधन कांग्रेस,m माओवादी जसपा र एकीकृत समाजवादीको रहेकोले लुम्विनीमा एउटै मात्र सांसद रहेको माधव नेपालको पाटीृले पनि मन्त्री पाउन लागेको हो । त्यही क्रममा घर्ती मन्त्री बन्न लागेकी हुन् ।
यसरी मिल्यो भागवन्डा
साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेपनि दलहरुले दलभित्रै र गठबन्धनमा मन्त्रालय र मन्त्रीको भागबण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन । १३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।
जसपा र स्वतन्त्रका पनि मन्त्री
जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय पाएको छ । त्यस्तै स्वतन्त्र सांसद अजय शाही उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री छन् ।
प्रतिक्रिया