शनिबार, फागुन ३, २०८१

देश तत्काल निर्वाचनमा जानु पर्छ : नेता सिंह

मेरोन्यूज २०७८ असोज २४ गते १५:३१

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानु पर्ने बताएका छन् । पार्टीको काठमाडौँ महानगरपालिका २२ ले आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले पार्टीको महाधिवेशन सम्पन्न गरी निर्वाचनमा जानु पर्ने बताएका हुन् ।

Advertisement
IMEnabil

‘सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर कुरा हो,’ उनले भने । उनले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक सभापतिका लागि उम्मेदवार हुन चाहेको समेत बताएका थिए ।

नेता सिंहले कांग्रेसभित्र नेतृत्व गर्ने अवसर एकपटक काठमाडौँले पाउनु पर्ने उल्लेख गरे । राजनीतिलाई सेवाका रुपमा लिनसमेत उनले सबै नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए ।

उनले कांग्रेसभित्रको कमजोरीका कारण नेपालका कम्युनिष्ट सत्तामा पुग्ने अवसर पाएको भन्दै आगामी दिनमा कांग्रेसले यस्तो कमजोरी दोहोर्याउन नहुने बताए ।

प्रतिक्रिया