थप ५९६ जना कोरोना पुष्टि, १० जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज २४ गते १८:१७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १५ हजार २४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ८५९ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३२२ जना आईसीयू तथा ११३ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल संक्रमितमध्ये ७ लाख ७५ हजार ९४३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९६.७ रहेको छ ।
त्यस्तै, कोभिड–१९ को संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृत्यु दर १.४ प्रतिशत रहेको नेपालमा ११ हजार २३१ जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया