मंगलबार, फागुन ६, २०८१

अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा राजन खकुराल, उपाध्यक्षमा थपलिया

मेरोन्यूज २०७८ असोज २५ गते १४:५७

काठमाडौं । अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा राजन खकुराल चयन भएका छन् । भने वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ चयन भएका छन् । आइतबार भर्चुअल माध्यमबाट भएको अधिवेशनमार्फत संस्थाले नयाँ नेतृत्व चयन गरेको हो ।

Advertisement
IMEnabil

उपाध्यक्षहरुमा सविन थपलिय (अष्ट्रेलिया) कासी दनै (बल्जियम), महासचिवमा राजेन्द्र श्रेष्ठ (जापान), सचिवहरुमा राजेन्द्र थपलिया (दक्षिण कोरिया), बाबुकाजी भण्डारी (जापान), कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा चयन भएका छन् ।

यसका साथै सदस्यहरुमा नीरु त्रिपाठी अष्ट्रेलिया, सरद शर्मा दाहाल अष्ट्रेलिया, दिपेश सिंखडा अष्ट्रेलिया, रामबाबु दनै जापान, राजेश्वर बस्नेत जापान, सुजाता दुवाडी जापान, महिन्दो वाईवा बेल्जियम, बिशाल तिवारी बेल्जियम चयन भएका छन् ।

प्रतिक्रिया