उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी

काठमाडौँ।उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अङ्गका प्रमुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, कामको सिलसिलामा यहाँ रहेका कतारी, उद्योगपति, व्यापारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।
समारोहमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत अन्सारीले आधुनिक कतार र नेपालबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्नुभयो । उहाँले नेपालको स्वास्थ्य तथा जीविकोपार्जनका साथै यहाँको वातावरण संरक्षण र जलवायु परिर्वतनका असर घटाउन कतारले सहयोग गर्दै आएको बताए।
कतार च्यारिटीमार्फत नेपालका १० जिल्लामा विकासका विविध कार्यक्रम सञ्चालन भएका जानकारी दिँदै राजदूत अन्सारीले ती कार्यक्रमबाट १५ लाख नेपाली लाभान्वित भएका बताए ।
आधुनिक कतारका संस्थापक शेख जसिम बिन मोहमद अल थानीको सम्मानस्वरुप हरेक वर्ष डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाइन्छ । यद्यपि विश्वका विभिन्न भागमा अवस्थित कतारी राजदूतावासहरूमा भने यो दिवस स्थानीय अनुकूलताका आधारमा मनाइन्छ । सन् १९७८ मा बेलायतबाट कतार स्वतन्त्र भएको हो । सन् २००६ सम्म उसले सेप्टेम्बर ३ मा स्वतन्त्रता दिवस मनाउँदै आएको थियो ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
प्रतिक्रिया