आजको राशिफल : आश्विन २६ गते मंगलबार

आज २०७८ साल आश्विन महिनाको २६ गते मंगलबार, आश्विन शुक्लपक्षको सप्तमी तिथि । आज नवरात्रअन्तर्गत फूलपाती रहको छ । आज घरघरमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।
मेष
नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । ब्यापार विजनेशमा सफलता प्राप्त हुने छ । सेवा क्षेत्रमा रहनेहरुले पनि पेशागत जीवनमा मानसम्मान तथा पदोन्नतिको वातावरण बन्ने छ । न्याय, प्रशासन, यातायात क्षेत्र तथा ठेक्कापट्टामा सक्रियहरुलाई लाभ मिल्ने छ ।
वृष
यात्रा गर्ने अवसर जुट्ने छ । ग्यारेज, सवारीसाधन, सर्वाजनिक यातायात जस्ता क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । धन सम्पत्तिको सहि सदुपयोग हुन पुग्ने छ । यसले पारिवारिक जीवनमा खुशीको वातावरण आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउन जाने छ ।
मिथुन
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पेशागत जीवन तथा ब्यापार विजनेशमा केही फाइदा हुने छ । मनोबलमा बृद्धि हुनेछ तर रिस कडा हुन जाँदा मिजासपनामा आउने कमिले गर्दा मिलनसार व्यक्तित्वमा कमि आउने छ ।
कर्कट
सम्मानित हुने अवसर प्राप्त हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुको आम्दानी बढ्ने छ । कर्मको साथ रहने भएकाले पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी, सार्वजनिक यातायात आदी क्षेत्रमा संलग्नहरुको आम्दानीमा बृद्धि हुनेछ ।
सिंह
भाग्यले साथ दिने छ । धन धान्य तथा फाइनान्सियल अवस्थामा बृद्धि हुने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छन् । यात्रामा उल्झन व्योहर्नु पर्ने छ । आफ्नो मेहनतबाट सन्तोष मिल्ने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ ।
कन्या
कर्मशिलता बढ्ने छ । कार्यालय तथा ब्यवसायमा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन नसक्दा विश्वासमा कमि आउने छ । आफू भन्दा ठुला बोससँग वादविवाद हुने छ भने ट्युनिङ्गमा पनि कमि हुने छ ।सोचे जस्तो यात्रा हुने छैन् । परिवारजनसँग भेट्ने सोचमा तिब्रता आउने छ ।
तुला
पारीवारिक जीवनमा तनाब उत्पन्न हुनेछ भने पैतृक सम्पत्तिका विषयलाई लिएर मनमुटाब बढ्ने छ । खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य, होटल, रेष्टुरेण्ट, खाजाघर जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ ।
वृश्चिक
पेशागत जीवन तथा ब्यापार ब्यवसायमा समस्या आउने भएकाले निकै सतर्क रहनु पर्ने देखिन्छ । परिवारको साथ भने मिल्ने छ । उत्साह र उमङ्गमा कमि आउने छ । नकारात्मक विचारले सताउला । आर्थिक व्यवस्थापनमा तनाव ब्योहर्नु पर्नेछ ।
धनु
भाग्यको साथ रहने भएकाले उन्नति प्रगति हुनेछ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पैतृक सम्पत्तिका विषयमा देखा परेका विवाद, मुद्धामामिला सुल्झने तर्फ अघि बढ्ने छ । यात्रामा सफलता मिल्ने छ । सुख सन्तोषका क्रम देखा पर्दा मनमा दृढता बृद्धि हुने छ ।
मकर
ब्यक्तित्वमा निखारता आउने भएता पनि रिस नियन्त्रण गर्न नसके अत्याधिक रुखो व्यक्तित्व बन्ने खतरा रहेकाले विचार पु¥याउनु होला । यातायात, ग्यारेज, ढुवानी, पेट्रोलिय पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । सार्थ अन्य सेवा क्षेत्रमा संलग्नहरुलाई फाईदा हुने समय रहेको छ ।
कुम्भ
। निर्णय क्षमतामा सुधार आउने छ । परिवारमा बिबाद र कठिनाईको सामना गर्नु पर्नेछ । यात्राका क्रममा बढि खर्च हुन जाने छ । अनावश्यक बिबादमा उल्झनु पर्ने हुन सक्छ । जीवनसाथिको मद्धतले कठिनाईहरु समाधान गर्न ठुलो साथ मिल्ने छ
मीन
आर्थिक व्यवस्थापनको दबाब झेल्नु पर्नेछ । पेशागत जीवनमा उल्झनको सामना गर्नु पर्ने छ । यात्रामा सफलता प्राप्त हुने छ । मेहनतको कदर हुने छैन् । धन सम्पत्ति तथा वित्तिय विषयमा कटुता बढ्न पुग्ने देखिन्छ । कुटुम्बसँग मिलन हुनेछ ।
प्रतिक्रिया