आजको राशिफल : आश्विन २६ गते मंगलबार

आज २०७८ साल आश्विन महिनाको २६ गते मंगलबार, आश्विन शुक्लपक्षको सप्तमी तिथि । आज नवरात्रअन्तर्गत फूलपाती रहको छ । आज घरघरमा फूलपाती भित्र्याउने प्रचलन रहेको छ ।
मेष
नेतृत्व गर्ने अवसर प्राप्त हुने छ । ब्यापार विजनेशमा सफलता प्राप्त हुने छ । सेवा क्षेत्रमा रहनेहरुले पनि पेशागत जीवनमा मानसम्मान तथा पदोन्नतिको वातावरण बन्ने छ । न्याय, प्रशासन, यातायात क्षेत्र तथा ठेक्कापट्टामा सक्रियहरुलाई लाभ मिल्ने छ ।
वृष
यात्रा गर्ने अवसर जुट्ने छ । ग्यारेज, सवारीसाधन, सर्वाजनिक यातायात जस्ता क्षेत्रमा सँलग्नहरुलाई फाइदा मिल्ने छ । धन सम्पत्तिको सहि सदुपयोग हुन पुग्ने छ । यसले पारिवारिक जीवनमा खुशीको वातावरण आउने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउन जाने छ ।
मिथुन
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पेशागत जीवन तथा ब्यापार विजनेशमा केही फाइदा हुने छ । मनोबलमा बृद्धि हुनेछ तर रिस कडा हुन जाँदा मिजासपनामा आउने कमिले गर्दा मिलनसार व्यक्तित्वमा कमि आउने छ ।
कर्कट
सम्मानित हुने अवसर प्राप्त हुने छ । जोखिमपूर्ण क्षेत्रमा संलग्नहरुको आम्दानी बढ्ने छ । कर्मको साथ रहने भएकाले पेशा, ब्यापार विजनेशमा बृद्धि हुने छ । सूचना प्रविधि तथा ठेक्कापट्टा, कपडाका ब्यापार, ज्वेलरी, सार्वजनिक यातायात आदी क्षेत्रमा संलग्नहरुको आम्दानीमा बृद्धि हुनेछ ।
सिंह
भाग्यले साथ दिने छ । धन धान्य तथा फाइनान्सियल अवस्थामा बृद्धि हुने छ । साझेदारीमा गरिएका कार्यहरुमा उल्झन आउने छन् । यात्रामा उल्झन व्योहर्नु पर्ने छ । आफ्नो मेहनतबाट सन्तोष मिल्ने छ । मार्केटिक तथा ब्राण्डिङ्गमा सफलता मिल्ने छ ।
कन्या
कर्मशिलता बढ्ने छ । कार्यालय तथा ब्यवसायमा प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन नसक्दा विश्वासमा कमि आउने छ । आफू भन्दा ठुला बोससँग वादविवाद हुने छ भने ट्युनिङ्गमा पनि कमि हुने छ ।सोचे जस्तो यात्रा हुने छैन् । परिवारजनसँग भेट्ने सोचमा तिब्रता आउने छ ।
तुला
पारीवारिक जीवनमा तनाब उत्पन्न हुनेछ भने पैतृक सम्पत्तिका विषयलाई लिएर मनमुटाब बढ्ने छ । खानि, फलाम, भाडाका सवारीसाधन सेवा, पेट्रोलियम पदार्थ, कल कारखानाजन्य, होटल, रेष्टुरेण्ट, खाजाघर जस्ता क्षेत्रमा आवद्धहरुलाई लाभ मिल्ने छ ।
वृश्चिक
पेशागत जीवन तथा ब्यापार ब्यवसायमा समस्या आउने भएकाले निकै सतर्क रहनु पर्ने देखिन्छ । परिवारको साथ भने मिल्ने छ । उत्साह र उमङ्गमा कमि आउने छ । नकारात्मक विचारले सताउला । आर्थिक व्यवस्थापनमा तनाव ब्योहर्नु पर्नेछ ।
धनु
भाग्यको साथ रहने भएकाले उन्नति प्रगति हुनेछ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुनेछ । पैतृक सम्पत्तिका विषयमा देखा परेका विवाद, मुद्धामामिला सुल्झने तर्फ अघि बढ्ने छ । यात्रामा सफलता मिल्ने छ । सुख सन्तोषका क्रम देखा पर्दा मनमा दृढता बृद्धि हुने छ ।
मकर
ब्यक्तित्वमा निखारता आउने भएता पनि रिस नियन्त्रण गर्न नसके अत्याधिक रुखो व्यक्तित्व बन्ने खतरा रहेकाले विचार पु¥याउनु होला । यातायात, ग्यारेज, ढुवानी, पेट्रोलिय पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । सार्थ अन्य सेवा क्षेत्रमा संलग्नहरुलाई फाईदा हुने समय रहेको छ ।
कुम्भ
। निर्णय क्षमतामा सुधार आउने छ । परिवारमा बिबाद र कठिनाईको सामना गर्नु पर्नेछ । यात्राका क्रममा बढि खर्च हुन जाने छ । अनावश्यक बिबादमा उल्झनु पर्ने हुन सक्छ । जीवनसाथिको मद्धतले कठिनाईहरु समाधान गर्न ठुलो साथ मिल्ने छ
मीन
आर्थिक व्यवस्थापनको दबाब झेल्नु पर्नेछ । पेशागत जीवनमा उल्झनको सामना गर्नु पर्ने छ । यात्रामा सफलता प्राप्त हुने छ । मेहनतको कदर हुने छैन् । धन सम्पत्ति तथा वित्तिय विषयमा कटुता बढ्न पुग्ने देखिन्छ । कुटुम्बसँग मिलन हुनेछ ।















इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया