रुबी खानलाई बिहीबार अदालत उपस्थित गराउन सर्वोच्चको दोस्रो आदेश

काठमाडौं । नेपालगञ्जबाट पैदल हिडेर राजधानिस्थित माईतिघरमा हिंसा पिडितहरुको नेतृत्व गर्ने रुबी खानलाई उपस्थित गराउन सर्वोच्च अदालतले फेरि आदेश दिएको छ ।
पीडितका पक्षबाट अधिवक्ता मोहना अन्सारीले पूरक निवेदन दर्ता गरेसँगै अदालतले फेरि प्रहरी प्रधान कार्यालयलाई नै सो आदेश दिएको हो । यसअघि सर्वोच्च महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेलाई २४ घण्टाभित्र बन्दी अवस्थाकी खानलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । तर अदालतलाई सोह्रखुट्टे प्रहरीले रुबी खान कहाँ छन् भन्ने थाहा नभएको गैरजिम्मेवार जवाफ दिएको थियो ।
रुबी न्यायका लागि नेपालगञ्जबाट काठमाडौंसम्म पैदल यात्रा गरेकी थिइन् । हिंसा पीडित परिवारको नेतृत्व गर्दै आएकी खानलाई प्रहरी शुक्रबार माइतीघरबाट पक्राउ गरेको हो । तर उनलाई यसअघि नै सम्बन्ध विच्छेद गरेपनि बहुविवाहको आरोपमा पक्राउ गरिएको बताइएको छ ।
उनलाई पक्राउ गरेर कसैलाई भेट्न नदिएकाले रुबीको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी हुन् ।













आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया