रुबी खानलाई बिहीबार अदालत उपस्थित गराउन सर्वोच्चको दोस्रो आदेश

काठमाडौं । नेपालगञ्जबाट पैदल हिडेर राजधानिस्थित माईतिघरमा हिंसा पिडितहरुको नेतृत्व गर्ने रुबी खानलाई उपस्थित गराउन सर्वोच्च अदालतले फेरि आदेश दिएको छ ।
पीडितका पक्षबाट अधिवक्ता मोहना अन्सारीले पूरक निवेदन दर्ता गरेसँगै अदालतले फेरि प्रहरी प्रधान कार्यालयलाई नै सो आदेश दिएको हो । यसअघि सर्वोच्च महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेलाई २४ घण्टाभित्र बन्दी अवस्थाकी खानलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । तर अदालतलाई सोह्रखुट्टे प्रहरीले रुबी खान कहाँ छन् भन्ने थाहा नभएको गैरजिम्मेवार जवाफ दिएको थियो ।
रुबी न्यायका लागि नेपालगञ्जबाट काठमाडौंसम्म पैदल यात्रा गरेकी थिइन् । हिंसा पीडित परिवारको नेतृत्व गर्दै आएकी खानलाई प्रहरी शुक्रबार माइतीघरबाट पक्राउ गरेको हो । तर उनलाई यसअघि नै सम्बन्ध विच्छेद गरेपनि बहुविवाहको आरोपमा पक्राउ गरिएको बताइएको छ ।
उनलाई पक्राउ गरेर कसैलाई भेट्न नदिएकाले रुबीको अवस्था अज्ञात रहेको भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी हुन् ।


















बिदाका दिन पनि अत्यावश्यक सार्वजनिक सेवा प्रवाह हुने
PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया