मुगु दुर्घटना अपडेट : मृतकको संख्या २८ पुग्यो

काठमाडौं । मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो ।
मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको र अहिलेसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको अस्पतालमा मृत्यु भएको हो ।
बस सडकबाट दुई सय मिटर तल खसेको प्रर वस पूर्ण रुपमा क्षतविक्षत भएको थियो । हेलिकप्टरवाट घाइतेहरुको उद्दार गरिएको पनि उनले जनाए । घाइतेहरुको उद्दार शुरु गरिएको छ । तर घटनाको पूर्ण विवरण भने आईनसकेको छैन ।
नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण रहेको पनि प्रहरीकै भनाई छ । भन्दा ३९ जना चढेको भने पनि ७० भन्दा वढी यात्रु हुन सक्छन् भन्ने जानकारी आएको छ।













आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
आजकाे माैसम : तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
नयाँ वर्ष सन् २०२६ सुरु
आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया