निर्माण भयो रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो ।
रु एक करोड १० लाख लागत अनुमान गरिएको भबन बनाउन विसं २०७७ फागुनमा हिमालयन बिल्डर्सले रु ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । चौतिस फिट चौडाइ र ४४ फिट लम्बाइ भएको तीन तले भवनको भुइँ तलामा पाँच कोठा रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारी दिए ।
“ठेक्कामा बचेको रु। २५ लाख बजेटले सभाहलको चौडाई बढाएर उपभोक्ता समिति मार्फत प्रत्येक तलामा दुई÷दुई वटा कोठा थप गरिएको छ,” उनले भने “उपभोक्ता समितिसँग भएको सम्झौता अनुसारको काम सकिएको छ । निर्माण व्यवसायीले रंगरोगन, ¥यालमा सिसा राखने र बिद्युत जडान बाहेकका काम सकेका छन् ।”
सभाहल रहेको पहिलो तलामा कोठा बिभाजन गरेर अगामी तिहार लगत्तै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले बताए । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक र लेखा शाखालाई नयाँ भवनमा सार्ने योजना छ । गत असार महिनाभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोनाको जोखिम र निषेधाज्ञाका कारण थपिएको समय भित्रै भवन निर्माण सकिन लागेको हो ।
भवनको माथिल्लो तलामा सभाहल बनाउन यस बर्ष बिनियोजन भएको बजेटबाट ठेक्का आव्हान गर्ने तयारी भएको छ । हाल गाउँपालिकाको कार्यालय मासिक रु। एक लाख भाडा तिरेर मौवाफाँट स्थित चार निजी घरबाट सञ्चालन गरिएको छ ।
मौवाफाँटमा समुदायबाट प्राप्त भएको जग्गा ब्यवस्थापन गरेर पहिलो पटक गाउँपालिकाको पूर्बाधार निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले २५ रोपनी जग्गा ब्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३/३३ प्रतिशत बाँडफाड गरिएको बताए । “आठ रोपनी जग्गा गाउँपालिकालाई निशूल्क दिनुभएको हो,” उनले भने“३२ जग्गाधनीको सहमति लिएर चार वर्षदेखि जग्गा ब्यवस्थापनको काम सुरु गरेका थियौ ।” जग्गा ब्यवस्थापन र बिकास गर्न रु। दुई करोड ५० लाख भन्दा बढी खर्च भएको छ ।
धेरै जनाको थोरैथोरै जग्गालाई एकीकृत र चक्लाबन्दी गरेर वरपर आठ मिटर फराकिलो सडक बनाइएको छ । माथिल्लो र तल्लो भागको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । बीचको जग्गा गाउँपालिकालाई उपलब्ध गराइएको छ ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
प्रतिक्रिया