विजया दशमीको टिकाको साईत कति बजे छ ?
मेरोन्यूज
२०७८ असोज २८ गते ७:००

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको । त्यस्तै टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
विजया दशमीका दिन बिहान ७ः०१ बजे तलेजु भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।
तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइने समितिले जनाएको छ ।
सम्बन्धित

















सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
प्रतिक्रिया