तनहुँ – १ मा रास्वपा उपसभापति स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले विजयी भएका छन् ।
आज बिहान सम्पन्न मतगणनाअनुसार ३८ हजार ४० मत प्राप्त गरी वाग्ले विजयी भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा (एमाले)का भगवती न्यौपानेले पाँच हजार आठ सय ३० मत र नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले दुई हजार तीन सय ९३ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा एक लाख २६ हजार आठ सय ८२ मतदाता रहेकामा ६८ हजार एक सय २९ मत खसेको थियो । डा वाग्ले तनहुँ क्षेत्र नम्बर १ मा दोस्रो पटक निर्वाचित भएका हुन् ।
विसं २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा डा। वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । त्यतिबेला पनि उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई थिए। भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका थिए।


















पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
प्रतिक्रिया