शनिबार, वैशाख २६, २०८३

दलित समुदायलाई दसैँ मनाउन समस्या

मेरोन्यूज २०७८ असोज २८ गते १३:५०

सिमकोट । हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ । कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्न बाध्य छन् । दसैँका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुन समेत कर्जामा राखेका जनाइएको छ ।

Advertisement
NiccNicc

ताँजाकोट वडा २ का सिमान विश्कर्माले दसैँ मनाउँनका लागि चरम आर्थिक अभाव भएको गुनासो गरे । उनले भने,“म सधै कमाई गर्न भारत जान्थे । गत वर्ष र यस वर्ष कोरोना महामारीको डर लागेर जान पाइएन । श्रीमतीको कानमा लगाउने आधा तोलाको सुनको गहना विक्री गरेर दसैँ मनाउने जोहो छु । ”

वर्षको एक पटक आउने चाड भएका कारण सबैको घरमा मीठो मसिनो खाएर रमाउने देखेर आफुले पनि घरमा जे जति भएको त्यहि सुनको गहाना विक्री गरेर दसैँ मनाउन लागेको उनको भनाइ थियो । उनले भेन, “ रोजगारीका लागि भारत, चीन लगायतका देशमा गएर काम गरेर दसैँ मनाउन पैसा कमाइन्थ्यो । यस वर्ष त्यसो हुन सकेन् । ”

यस्तो पीडा उहाँको मात्र नभई जिल्लाका अन्यको पनि उस्तै छ । सिमकोट गाउँपालिका वडा ६ का रामबहादुर सुनारले यस वर्षको दशैँ आर्थिक अभावका कारण मनाउन नसकिएको बताए ।

दशैँमा निको नौलो, मिठो मसिनो खाने रहरमा राष्ट्रिय बाणिज्य बैँकमा सुन राख्न जाँदा बैँकले सुन नराखेपछि यस वर्षको दसैँ दसा जस्तै भएको उहाँको गुनासो छ । कोरोना कहरका कारण यहाँको हिल्सा नाका नखुलेपछि यस वर्ष खसिको मूल्य पनि यहाँ आकासिएको छ ।

प्रतिक्रिया