थप २ सय ७२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज २९ गते १७:४५

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार हजार ७१२ जनाको नमूना परीक्षण गर्दा देशभर २७२ जनामा कोभिड सङ्क्रमित देखिएको छ । सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ८९, ललितपुरमा १८ र भक्तपुरमा ११ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २७७ पुगेको छ ।
आज मात्रै ७७७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ७९ हजार ९३१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९६।९ प्रतिशत रहेको छ ।
हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३०८ पुगेको छ । त्यसमध्ये १२ हजार २५० जना होम आइसोलेसन, १ हजार ५८ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा १०१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको् छ ।
सम्बन्धित














Gagan Thapa elected Nepali Congress Chairman
नेपालसहित ७५ देशलाई आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने अमेरिकाको घोषणा
माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु
प्रतिक्रिया