घुम्न जाम टीकापुर पार्क

दुई वर्ष पछि कोरोनाको कहरपछि भर्खर केही सहज महसुस हुन थालेको छ । दशैको बेलामा पटक पटक भएको कोरोना लकडाउन हट्दा झन् आफ्नो गाउँमा फर्कनेहरुको ताती पनि छ ।
कोरोनाबाट केहि सहजकतासँगै फुर्सद पनि भएको. टिका लाउनुसँगै घुम्न जानपनि इच्छा देखाउनुपर्छ । दशैको फुर्सदको समयमा आफ्नो देशका बिभिन्न पर्यटकियस्थलको अध्यन,अवलोकन गर्ने सस्कारलाई राम्रो मान्नु पर्दछ । धेरै पर्यटकहरु आफु घुमघाम गर्ने ठाउँको बारेमा सबै अध्ययन नहुदा समय, पैसा र यात्रामा दःुख पाउने भएकाले टीकापुर कैलाली घुम्न जानका लागि यहाँ केही जानकारी राखिएको छ ।
टीकापुर
नेपालको सुदूरपश्चिम अर्थात प्रदेश नम्वर ७ मा पर्ने कैलाली जिल्लाको टीकापुर पर्छ । यो वि.स. १९१४ मा भारतमा भएको सिपाही विद्रोेहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले इष्ट इण्डिया कम्पनिलाई सहयोग गरेवापत वि.स. १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भाग मध्य पुरस्कार स्वरुप वि.स.१९१७ मा बाके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता आएकोले कैलालीलाई नयाँ मुलुकको रुपमा पनि चिनिन्छ ।
यही कैलालीको टीकापुर पार्क, पर्यटकीय क्षेत्र हो । कर्णाली पुल प्रदेश नम्वर ७ को प्रवेशद्वार मानिने गरिन्छ । यो पुल २०५४ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका हुन् । पुललाई तार पुल पनि भनिन्छ । पुलको बिचमा एउटा खम्बा र त्यसमा स्टीलका तारहरुले बाधेर ट्रसलाई अडयाईएको छ । यो पुल ५ सय मिटर लम्वाई १० मिटर चौडाई रहेको छ ।

बिचको खम्बाबाट एक भाग तिर ३२५ मिटर र अर्को भाग तिर १७५ मिटर स्टिल तारको लट्ठाबाट पुल निर्माण भएको हो । यो पुलको निर्माणमा ३ हजार ८७० टन स्टील प्रयोग गरिएको छ । यो नदिले बर्दिया र कैलालीको सीमाको काम गर्छ । कर्णाली नदि पार गरेपछि कैलालीको चिसापानी पुगिन्छ । पर्यटकको रोजाइ कर्णालिको माछा चाखेर टीकापुर जाने हुन्छ ।
कतिपय पर्यटक चिसापानी देखि कर्णाली नदिबाट र्याफटिङ गर्दै टीकापुर जान रुचाउछन । चिसापानीमा स्थानीय व्यवसायीले र्याफटिङको सुविधा पनि दिने गर्दछन । चिसापानी–टीकापुर पार्कसम्म १६ किमिको दुरी कर्णालीमा र्याफटिङ गर्दा चार घन्टा लाग्ने र्याफटिङ सञ्चालकले बताउँछन् । राजा महेन्द्र शाह कञ्चनपुरको शुक्लाफाँटामा शिकार खेल्ने क्रममा मुटुको व्यथाले विमारी भए । चिकित्सकको सल्लाहमा उनी टीकापुर आराम गर्न पुगे ।
हावापानी राम्रो भएकाले राजा महेन्द्र २९ दिनसम्म टिकापुरमा आराम गरे । राजालाई आराम गर्नको लागी रातारात काठको घर बनाइयो । त्यही घर महेन्द्र आरोग्य गृह हो । राजा महेन्द्रले त्यसबोला टीकापुरबाटै राजकाज चलाएका थिए । पछि राजा वीरेन्द्रका लागी पनि वीरेन्द्र विश्राम बाटिका बन्यो ।

राजा महेन्द्र र रानी रत्नको चाहना अनुसार टिकापुरको विकासको काम खड्गबहादुर सिंहले गरे । खड्गबहादुर सिंहको अध्यक्षतामा ०२८ सालमा टीकापुर विकास समिति गठन भयो । त्यपछि सरकारले टिकापुरको विकास गर्न ३ हजार एक सय ३३ बिघा वन क्षेत्रको जमिन विकास समितिलाई दियो । सरकारबाट प्राप्त वन जगंल फाँडेर टिकापुरमा पार्क बनाइयो । बाकी जमिनमा बस्ती विकास भयो ।
राजमार्गको लम्कीबाट १८ कि.मि.दक्षिणमा रहेको टिकापुर पार्क पर्यटकहरुको गन्तब्य बन्नुका साथै टेलिफिल्म, सिरियल र चलचित्र निर्माणको काम भएको छ । समुद्रको सतह बाट १५२ मिटर अर्थात ४९८ फुटको उचाइमा रहेको टीकापुर नगरपालिका अहिले नारायणपुर र धन्सिहंपुर समेत समाहित भएर टिकापुरको भूगोल ठूलो भएको छ ।
टिकापुरमा गत २२ बर्ष देखि हवाइसेवा बन्द छ ।
पहिला टिकापुरबाट अछाम, जुम्ला र काठमाण्डौ उडान हुदै आएको हवाइसेवा अहिले बन्द हुदा पर्यटकहरुलाई असुविधा भएको छ । तर टिकापुर पुग्नको लागी भने आजभोली विभिन्न रुडबाट सडक यातायात सन्चालन भएकाले गारो छैन । धनगढी वा नेपालगञ्जसम्म जहाजबाट पनि जान सक्छौं । टिकापुर पार्कमा गुलाब मात्रै दर्जनौ थरिका पाउन सकिन्छ । अन्य जातका फूलहरुले पनि पार्कलाई सजाएको छ ।
टीकापुर सुन्दर फूलबारी र घुम्न लायक गन्तव्य मानिन्छ । टिकापुरमा घुमघाम गर्ने धेरै स्थान छन । जुनकुरा त्यहा पुग्ने पर्यटकको समयमा भर पर्दछ । टीकापुरको पहिचान नै पार्क हो । पार्क बाहेक कर्णाली नदि, थारु बस्ती, बनाना रिसोर्ट, रानी महल, टाउन प्लानिङ आदि टिकापुरमा हेर्ने कुरा छन् । टिकापुरमा मोहना खोलामा डल्फिनले डुबुल्कि मारेको धेरै पर्यटकहरुले हेर्न मन पराउँछन् ।
टिकापुर देखि १६ किलोमिटरको दुरीमा भारतीय सीमा बजार तिकुनिया पर्दछ । नेपाल भारतवीचको व्यापारको लागि तिकुनिया, खक्रौला नाका १०० वर्षभन्दा पुरानो नाका मानिन्छ । मोहना नदिमा पुल बनेपछि भारतियहरुलाई टिकापुर आउन सजिलो भएको छ ।
अहिले पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्र्तगत बर्दिया र कैलाली जोडने राजापुरस्थित सतिघाटमा पुल निर्माण भएको छ । बर्दिया सदरमुकाम गुलरियाबाट ३८ किलोमिटर पश्चिममा राजापुर र सतिघाट जोडने पुल पर्दछ । यो पुल सन्चालन भएपछि आजभोली धेरै पर्यटकहरु वर्दियाको ठाकुरद्वार भ्रमण गर्दै कोठियाघाट हुदै हुलाकी राजमार्गबाट पनि टिकापुर पुग्ने गरेका छन ।
टीकापुरमा बस्न खानको लागी धेरै होटल, रिसोर्ट र होमस्टे पनि सन्चालनमा छन । पर्यटकले गर्न सक्ने खर्चर चाहना अनुसार होटलको छनौट गर्न सकिन्छ ।
काठमाडौंदेखि टीकापुर ६९० किलोमिटर पर्छ । धनगढीबाट अत्तरिया लम्की भएर टिकापुर पार्क पुग्न ९८ कि.मी. यात्रा गर्न पर्दछ । नेपालगन्ज देखि सिधा बससेवा सन्चालनमा छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया