साफ च्याम्पियनसिप फाइनल आज, नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा राति ८ बजेर ४५ मिनेटमा फाइनल खेल सुरु हुनेछ ।
नेपाल पहिलोपटक यो प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो भने भारतले यो प्रतियोगिता सर्वाधिक सात पटक जितिसकेको छ ।
तर यसपटक प्रतियोगितामा भारतले निकै खराब सुरुवात गरेको थियो । पहिलो खेलमा १० खेलाडीमा सीमित बंगलादेशसँग १–१ को बराबरी खेलेको भारत दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकियो ।
प्रतियोगिताबाट बाहिरिने खतरामा रहेको भारतले त्यसपछि भने नेपाल र माल्दिभ्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । सन् २००३ बाहेक भारत सधैँ प्रतियोगिताको फाइनलमा पुगेको छ । भारतका लागि कप्तान सुनिल क्षेत्रीले प्रतियोगितामा सर्वाधिक ४ गोल गरेका छन् ।
हेड टु हेड रेकर्डमा पल्ला भारतकै पक्षमा देखिन्छ । दुई टोलीबीच भएका २२ खेलमा भारतले १५ मा जीत हासिल गरेको छ भने नेपालले मात्र २ खेलमा जीत हासिल गरेको छ ।
५ खेल बराबरीमा सकिएका छन् । तर, यो प्रतियोगितामा नेपालले ६ गोल गरिसकेको छ भने भारतले मात्र ५ गोल गर्न सकेको छ । आजको खेलमा भारतका लागि अञ्जन विष्ट, सुमन लामा, आयुष घलान र मनिस डांगी टाउको दुखाई बन्न सक्छन् । नेपालले पछिल्लो पटक भारतलाई सन् २०१३ मा साफमा २–१ ले हराएको थियो ।
त्यसपछि सन् १९९३ मा ढाकामा नेपाल पेनाल्टीमा विजयी भएको थियो । आजको खेल जिते नेपालले नयाँ इतिहास रच्ने छ भने मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सुखद् बिदाइ हुनेछ । अलमुताइरीले फाइनल नै नेपालका लागि उनको अन्तिम खेल हुने बताइसकेका छन् । बंगलादेशको खेलपछि उनले नेपाल नफर्कने घोषणा गरेका थिए ।

















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया