जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतसहित अग्रता कायम राखेका छन् ।
यहाँको कनकासुन्दरी, सिंजा, हिमा, तिला र तातोपानी गाउँपालिका गरी पाँच वटा स्थानीय तहसहित चन्दननाथ नगरपालिका १ र २ वडाको जारी मतगणनाको पछिल्लो परिणामअनुसार राप्रपाका शाहीले १० हजार १३७ मत प्राप्त गरी अग्रता कायमै राखेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।
शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले छ हजार ८२५ मत पाएका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले दुई हजार ७३१ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले तीन हजार ९६२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले बताए ।
यसैगरी, रास्वपाका विनिता कठायतले २९६ मत, प्रलोपाका मनऋषि धितालले ८९, नेमकिपाका वृषबहादुर रावतले २९३, नेपाल जनता पार्टीका उम्मेदवार रनिलविक्रम शाहीले २८, नेकपा माओवादीका उम्मेदवार वृष शाहीले ५६ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल खसेको मतमध्ये हालसम्म २४ हजार ७७७ मतगणना भइसकेको जनाएको छ । जिल्लामा कूल मतदाता सङ्ख्यामध्ये करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया