पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

काठमाडौं। कैलालीको भासु भीरमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । आइतबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिकका अनुसार सोमबार राति करिब दुई बजेको समयमा गएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाको यातायात सेवा ठप्प भएको छ । पहाडी जिल्लाबाट कैलाली र कञ्चनपुरसहित विभिन्न जिल्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् भने तराईबाट पहाड जाने सवारीसाधन पनि अलपत्र परेका छन् ।
उता अछामको चौरपाटी गाउँपालिकामा पनि पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएको छ । चौरपाटी गाउँपालिकाको दुनीमा अविरल वर्षापछि आएको पहिरोले राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ । अहिले त्यहाँ पनि डोजरको प्रयोग गरेर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।











काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया