साफमा उपविजेता बनेको नेपाली टोलीलाई खेलकुदमन्त्रीले गरे स्वागत
मेरोन्यूज
२०७८ कार्तिक १ गते १२:००

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेका छन् । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान साढे १० बजे काठमाडौंमा अवतरण गरेको हो ।
उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्वर जंग गहतराज पनि विमानस्थल पुगेका थिए । मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३–० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो। साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।
नेपालले फाइनलमा स्थान बनाएलगत्तै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए । नेपाललाई फाइनलसम्म पुर्याउन सफल भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन्।
नेपाली फुटबल टोलीलाई विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको थियो ।
सम्बन्धित









बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
विराटनगरविरुद्ध पहिला ब्याटिङ गर्दै चितवन
एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
प्रतिक्रिया