राष्ट्रिय सम्मेलनबारे माओवादीमा छलफल, भोलि पून: बैठक बस्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आगामी पुसमा हुन लागेको राष्टिय सम्मेलन तयारीका विषयमा छलफल शुरु भएको छ । पार्टी स्थायी कमिटि बैठकमा यसबारेमा छलफल शुरु भएको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको स्थायी कमिटि बैठकमा सम्मेलनको तयारीका लागि गर्नुपर्ने प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठन लगायतको विषयमा केन्द्रीत रहेर कुराकानी भएको प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिए ।
उनका अनुसार, विषय प्रवेश भएर सोमबारको स्थायी कमिटि बैठकमा विषय केन्द्रीत छलफल शुरु भएको छ ।
महराले भने, ‘आज नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरु भयो, आज खास गरेर आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नविकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ, विषय निस्कर्षमा पुगेको छैन, मंगलबार बिहान ८ बजे फेरि स्थायी कमिटीको बैठक बस्छ र भोलि निर्णय हुन्छ, एजेण्डा प्रवेश भएको छ, छलफल शुरु भएको छ, भोलि मात्रै निर्णय हुन्छ।’
राष्ट्रिय सम्मेलन आगामी पौष ११ देखि १५ गतेसम्म गर्ने निर्णय यस अगाडी नै माओवादी केन्द्रले गरिसकेको छ । त्यसका लागि असोज मसान्तसम्म सदस्यता नविकरण लगायतका काम गरिसक्ने तयारी गरेको थियो । यसको समिक्षा गदै वडा सम्मेलन, गाउ नगर सम्मेलन, जिल्ला समन्वय समिति गठन देखि प्रदेश सम्मेलनसम्मका विषयमा स्थायी समिति बैठकमा छलफल भएको छ ।
पार्टीको अर्को स्थायी कमिटीको बैठक भोलि मंगलवार बिहान ८ बजे पून बस्ने प्रवक्ता महराले जानकारी दिए ।

















जिलीको अत्याधुनिक ‘सर्ट ब्लेड’ ब्याट्री अब नेपालमा, ईएक्स ५ मार्फत उपलब्ध
Chhayanath Rara Municipality approves Procedures on Labour Bank
मधेश बलियो भए मात्रै मुलुकमा संघीयता सुरक्षित रहन्छ : उपेन्द्र यादव
कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने – निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नू
वैदेशिक रोजगार सुरक्षित बनाउन गाउँगाउँमा सचेतना अभियान
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया