शनिबार, फागुन २३, २०८२

एमालेको अव कुन कमिटि कसरी चुनिन्छन् ? (विधानको ब्यवस्थासहित)

मेरोन्यूज २०७८ कार्तिक २ गते ८:१२

काठमाडौं । नेकपा एमालेको मंसिर दोस्रो साता महाधिवेशन हुँदैछ । महाधिवेशनका लागि एमालेले विधान महाधिवेशन सम्पन्न गरिसकेको छ । असोज १५ देखि १७ सम्म एमालेले विधान महाधिवेशन सम्पन्न गरेको हो । उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलले पेश गरेको विधान मस्यौदालाई विधान महाधिवेशनले सुझाव सहित पारित गरेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

जसलाई अध्यक्ष केपी ओली, महासचिव इश्वर पोखरेल, उपमहासचिव पौडेल लगायतका नेताहरुले अन्तिम रुप दिएर प्रकाशनका लागि सोमबार पठाईएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

अव विधानमा उल्लेखित ब्यवस्था अनुसार कात्तिक ६ बाट शुरु हुने वडा अधिवेशनबाटै विधान लागु हुने एमालेले जनाएको छ । एमालेले कात्तिक ६ मा देशभर एकैपटक अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट एमालेको वडा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

एमालेमा केन्द्रमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४, महासचिव १, उपमहासचिव १, सचिव ७ समेत २२५ सदस्यीय केन्द्रीय कमिटि चयन हुने ब्यवस्था विधानमा छ ।

केन्द्रीय कमिटि यस्तो हुन्छ

प्रदेश कमिटि यस्तो हुन्छ

जिल्ला कमिटि यस्तो हुन्छ

पालिका /इलाका कमिटि यस्तो हुन्छ

वडा / शाखा कमिटि यस्तो हुन्छ

केन्द्रीय कमिटिलाई स्थायी समिति चयन गर्ने अधिकार
नेकपा एमालेले दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटिलाई पार्टीको ४५ सदस्यीय स्थायी कमिटि चयन गर्ने अधिकार समेत दिने गरी विधानमा ब्यवस्था गरिएको छ । केन्द्रीय कमिटिको अधिकार शीर्षकमा विधानमा त्यस्तो ब्यवस्था गरिएको हो ।

हेर्नुहोस विधानको ब्यवस्था :

बरिष्ठ उपाध्यक्षलाई ४ अधिकार, उपाध्यक्षलाई ३ अधिकार


एमालेले विधानमा पार्टी केन्द्रमा एक जना बरिष्ठ उपाध्यक्ष र ४ जना उपाध्यक्ष रहने गरी ब्यवस्था गरेको छ । दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष हुन चाहने नेताहरुका आकाक्षी वढी नै छन् । यो पटक अध्यक्षमा ओली नै दोहोरिने करिव पक्का जस्तै भएपछि बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा अध्यक्षका आकाक्षा गरिरहेका नेताहरु खुम्चिनु पर्ने ब्यवस्था छ ।

बरिष्ठ उपाध्यक्ष पहिले नराखिएको भएपनि विधान महाधिवेशनमा हलको तिव्र जोडवल पछि एक जना वरिष्ठ उपाध्यक्ष पद थप भएको थियो ।

इश्वर पोखरेल, रामवहादुर थापा, अष्टलक्ष्मी शाक्य, भीम रावल र सुवास नेम्वाडलाई बरिष्ठ उपाध्यक्षका आकाक्षीका रुपमा लिईएको छ । यसमध्ये एक जना वरिष्ठ उपाध्यक्ष रहेर अन्य उपाध्यक्षमा आउन सक्ने चर्चा पनि एमालेमा छ । विधानमा वरिष्ठ उपाध्यक्षलाई ४ र उपाध्यक्षलाई ३ अधिकार हुने गरि परिभाषित गरिएको छ ।

हेर्नुहोस अधिकारको ब्यवस्था :

प्रतिक्रिया