गृहमन्त्रीद्वारा महासचिव वैद्यको स्वास्थ्याबारे जानकारी
मेरोन्यूज
२०७८ कार्तिक २ गते १०:५४

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्या अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्याबारे जानकारी लिएका हुन् । सो क्रममा उनले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्न आग्रह गरे ।
वैद्यको उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि सहासचिव वैद्य गत आइतबार अस्पताल भर्ना भएका थिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया