२०२२को विश्वकपलाई स्वस्थ्य खेल समारोह बनाउने घोषणा

काठमाडौं । आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टीकोणबाट स्वस्थ्य खेल समारोह बनाउने घोषणा भएको छ । विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो ।
घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा। तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा।हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल-थवाडी, अन्तर्राष्ट्रिय फुटवल संघ(फिफा)का अध्यक्ष जिआनि इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपर्वि क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल-मन्धारीको उपस्थिति रहेको थियो ।
कतार सरकार तथा विश्वकप फुटवल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले अन्तर्राष्ट्रिय फुटवल संघ(फिफा)संगको सहकार्यमा सबै कृयाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउंन काम गर्नेछन् । साथै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउंने काम पनि गरिनेछन् ।
यसबाहेक विश्वकप फुटवल प्रतियोगिता आयोजना हुने समय, आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारिरीक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेका छन् ।
यो कार्यक्रम आगामी दिनमा खेलकुद सम्बन्धि ठुला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसंग सम्बन्धित विषयमा पुर्याउंन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विस्वास गरिएको छ ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.तेड्रेस अदानोम गेब्रेयसुसले कतार सरकारले विश्वकप फुटवल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयमा मध्यनजर गर्दै चालेको कदमलाई स्वीकार गर्दै कतार सरकारलाई धन्यवाद दिए ।
उनले भने, ‘’विश्व स्वास्थ्य संगठन कतार सरकारसंग जनस्वास्थ्यको विषयमा सहकार्य गर्न प्रतिवद्द छ । विश्वकप फुटवलसंगसंगै जनस्वास्थ्यका विषयमा बुझाउंन पनि यी कार्यक्रम सहयोगी सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु।‘’ महानिर्देशक डा. तेड्रेसले कोरोना महामारीकै बीचमा शुरू हुन लागेको विश्वकप फुटवलले जनस्वास्थ्यका क्षेत्रमा नयां संभावनाको बाटो देखाउंनेमा ढुक्क भएको तथा विश्वलेनै यस महामारीबाट छुटकारा पाउंने विस्वास व्यक्त गरे ।
कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारीले मध्यपुर्वमा विश्वकप फुटवल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा गर्ववान्वित भएको बताए । उनले भने, ‘हाम्रो चाहना अन्तर्राष्ट्रिय तथा लोकप्रिय खेल प्रतियोगिता आयोजना गर्ने मात्र नभएर कुनै उच्चस्तरीय खेलकुद प्रतियोगितालाई स्थापना नै गर्नु हो त्यसमा जनस्वास्थ्यको विषय जोडिएर आउंने भएकोले हामी विश्व स्वास्थ्य संगठनसंग सहकार्य गर्दै अघि बढ्न चाहन्छौं ।’ हामी आगामी दिनमा फिफा तथा अन्य अन्तर्राष्ट्रिय संस्थासंगको सहकार्यमा यस्तै ठुला खेलकुदका कार्यक्रम आयोजना गर्दै जाने कुरा जनस्वास्थ्यमन्त्री डा. हनानले जानकारी दिए ।
कतारले आगामी वर्षको नोभेम्वर २१ देखि डिसेम्वर १८ सम्म विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद प्रतियोगिता विश्वकप फुटवलको आयोजना गर्दैछ भने सन् २०३० मा एशियन गेम आयोजना गर्दैछ ।









एनपीएलमा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’
पोखरामा केई र फोर्थिङको सोरुम सञ्चालनमा
तोडफोड आगजनी भएका सार्वजनिक निकायलाई कागजात अद्यावधिक गर्न आह्वान
बाघ गणना आगामी पुस १ गतेदेखि
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया
प्रतिक्रिया