नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
काठमाडौं । पर्सा जिल्लाको वीरगंज महानगरपालिका-१५ बस्ने रामलखन साहको ना.१९ प ६३५५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
आइतबार प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका-३ ठेगाना भएका २३ वर्षीय मोहम्मद आशिक र सोही ठाउँ ठेगाना भएका २३ वर्षीय आनिष हवारीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोही महानगरपालिका-१५ चालिस फिट्टे सडक अगाडिबाट असोज १३ गते उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजी गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी ना.१७ प ८३१८ बनाई चलाइरहेको अवस्थामा वीरगंज महानगरपालिका-१६ बसपार्कमा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले नक्कली साँचो बनाई मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरु उपर चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।













२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया