बाढीका कारण यातायात सेवा अवरुद्व
सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ ।
गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्चीको फट्टे र ईन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति पुगेको हो ।

गए रातिको वर्षाले चनौटेको ह्युपाइप राखी बनाइएको बाटो बगाएको स्थानीयवासी शशी बरुवालले जानकारी दिए । बाटो बगाएपछि चनौटेबाट हेलम्बु , किउल, पाल्चोक सडक अवरुद्व भएको छ ।
यस्तै मङ्गलबार मर्मत गरिएको फट्टेमा गएरातिको वर्षाले क्षति गर्दा मोटरसाइकल मात्र चल्ने अवस्था रहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिए ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति गर्दा पाँचपोखरी वडा १ र २ मेलम्ची ७ र ८ हेलम्बु २ र ३ यातातातबाट वञ्चित भएको छ ।
इन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युमपाइप राखेर बनाइएको बाटो तीन दिनदेखि बन्द छ । यहाँबाट इन्द्रावती, पाँचपोखरी र मेलम्चीका ९ र १० वडामा यातायात सेवा प्रभावित भएको छ । वर्षा रोकिएपछि मर्मत थाल्ने उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले बताए । सडक बन्द हँुदा दसैँ मनाउन आएका यात्रु प्रभावित भएका छन् ।
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया