पार्किङ विवादमा छापाखाना सञ्चालकको हत्या, १७ वर्षपछि प्रहरीको फन्दामा
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १४:०९

काठमाडौँ । पार्किङको विषयमा भएको विवादमा हत्या भएपछि १७ वर्षदेखि फरार रहेका शनि नरसिंह राणा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले राणालाई पक्राउ गरेको हो ।
०६१ पुस २२ मा पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका सञ्चालक खिम बहादुर सिवाकोटीको मोटरसाइकलमा आएका व्यक्तिहरूसँग पार्किङको विषयमा सामान्य विवाद भएको थियो । सोही विवादमा सिवाकोटी मारिएका थिए ।
उक्त घटनाको अनुसन्धानकोक्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल आएकाले कुटपिट गरेको खुले पनि सो घटनामा संलग्न कोही पक्राउ परेका थिएनन् ।
सो घटनाको अनुसन्धान जारी राखेको प्रहरीले असोज १५ मा काठमाडौँको मैह्पीवाट राणालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेको छ ।
सम्बन्धित


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
नयाँ वर्षको शुभकामना दिँदै प्रधानमन्त्री बालेनले भने- सदैव शुभ होस्, दुःखको हरण होस्
प्रतिक्रिया