शुक्रबार, पुष १८, २०८२

पार्किङ विवादमा छापाखाना सञ्चालकको हत्या, १७ वर्षपछि प्रहरीको फन्दामा

मेरोन्यूज २०७८ कार्तिक ३ गते १४:०९

काठमाडौँ । पार्किङको विषयमा भएको विवादमा हत्या भएपछि १७ वर्षदेखि फरार रहेका शनि नरसिंह राणा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँले राणालाई पक्राउ गरेको हो ।

०६१ पुस २२ मा पुतलीसडकमा रहेको एकता प्रेस छापाखानाका सञ्चालक खिम बहादुर सिवाकोटीको मोटरसाइकलमा आएका व्यक्तिहरूसँग पार्किङको विषयमा सामान्य विवाद भएको थियो । सोही विवादमा सिवाकोटी मारिएका थिए ।

उक्त घटनाको अनुसन्धानकोक्रममा बा १६ प ८६५४ नम्बरको बुलेट मोटरसाइकल आएकाले कुटपिट गरेको खुले पनि सो घटनामा संलग्न कोही पक्राउ परेका थिएनन् ।

सो घटनाको अनुसन्धान जारी राखेको प्रहरीले असोज १५ मा काठमाडौँको मैह्पीवाट राणालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

प्रतिक्रिया