केपी ओलीको प्रश्न : प्रचण्ड पनि वामपन्थी हुन् र ?
बामदेवलाई जस्तै पून एमालेमा स-सम्मान पछि फर्काउलान् भन्ने नसोचे हुन्छ, माधव नेपाललाई एमालेमा भविश्यमा पनि नो इन्टी !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वामपन्थी नभएको आरोप लगाएका छन् । कम्युनिष्ट सरकार ढाल्ने, प्रतिक्रियावादीहरुसँग मिल्ने र सत्ताका लागि जहिल्यैपनि भागवन्डा मात्रै प्रचण्डले खोज्ने गरेको भन्दै उनी वामपन्थी नभएको टिप्पणी ओलीले गरेका हुन् ।
‘को वामपन्थी ? प्रचण्ड ? प्रतिक्रियावादीहरुसँग मिल्ने, कम्युनिष्ट सरकार ढाल्ने र सत्ताका लागि मलाई ५ ओटा मन्त्री चाहियो हजुर भन्दै हिडने पनि वामपन्थी हुन्छ र ?’ ओलीले एमालेको वागमती प्रदेश कमिटी बैठकमा प्रश्न गदैं भने,–‘मलाई ५ ओटै चाहिन्छ हजुर, हात थाप्ने । आफनो सरकार छ । उनले भनेका १० ओटा त्यही मन्त्री बनाएको भए हुन्थ्यो नी । त्यो सरकार ढालेर हिजोको यत्रो भएको प्रचण्ड चुचुचुचचु अहिले हुर्नहोस त हालत ।’
प्रचण्डसँग आन्दोलनप्रति, विचार राजनीति प्रति कतै पनि निष्ठा नरहेको भन्दै ओलीले नेताको वुद्दि विग्रियो भने प्रचण्ड र माधव नेपाल वन्ने आरोप पनि लगाए ।
‘नेताको वुद्धि विग्रियो भने प्रचण्ड माधव नेपाल हुन्छ’ ओलीले भने ।
एमालेभित्रै रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य लगायत नेताहरुले पार्टी एकताका लागि गरेको १० वुँदे सहमतिको विषय बेला बेला उठाउने गरेको प्रति पनि ओलीले अव त्यस्तो सुनुवाई नहुने प्रष्ट पारे ।
‘आन्तरिक अनेकता होइन, एकतामा जोड दिनुपर्छ । १० बुँदे पनि धेरै रटान लगाउन आवश्यक छैन । माधव आउँछन की भनेर, पार्टी फुटाउँदैन भनेर बनाएको १० बुँदे हो,’ ओलीले भने,–‘माधव नेपालको कुरा फरक हो, तर उनीसँग गएकालाइृ फर्किन कुनै आग्रह, पूर्वाग्रह छैन । आ आफनो क्षमता र योग्यता अनुसार जिम्मेवारी फर्किएर लिए हुन्छ । तर माधव नेपाललाइ नो इन्टी ।’
ओलीले माधव नेपाललाई पछि भविश्यमा पनि एमालेभित्र ठाउँ नरहेको वताए ।‘यसमा लुकाएर कुरा गर्नुपर्ने कुनै आवश्यक छैन । नेकपा एमाले डम्पिङ साइट होइन । पवित्र पार्टी हो एमाले । कुहएिको आलुलाई राखेर
ब्याक्टेरिया फैलाएर एमाले जादैन,’ ओलीले भने,–‘केही मान्छे माधव नेपालले गर्दा विग्रिए । उनीहरुलाई फर्किन कुनै आग्रह , पूर्वाग्रह छैन । ’
ऋोलीले वामदेवले २०५४ मा एमाले फुटाएर माले बनाएको र फेरि एमाले माले एकता गरेर वामदेवलाई एमाले भित्राएको जसरी माधव नेपाललाई एमालेले पार्टीमा नभित्राउने पनि वताए ।
‘२०५४ मा बामदेवले पार्टी फुटाएपनि त्यसैगरी स–सम्मान ४ वर्षपछि फिर्ता गरेको जस्तो अहिलेको अवस्था होइन । त्यस्तो अपराध बामदेवले गरेको होइन । सरकार बामदेवले ढालेको थिएन । बामदेवले त्यस वेला गरेको काम बेठिक थियो । तर यति अपराध गरेका थिएनन,’ ओलीले भने,–‘विश्वको राजनीतिक आन्दोलनको इतिहासमा निर्लज्ज नकारात्मक चरित्रका रुपमा अहिले माधव नेपाल चिनिन थालेका छन् । ’
५५ प्रतिशत मत र सिट चाहिन्छ
ओलीले अवको चुनावमा एमालेलाई ५५ प्रतिशत मत र संसदमा ५५ प्रतिशत सिट आवश्यक रहेको बताए । स्थानिय निकायमा एमालेको गल्तीले कसैले जिते पनि अन्य कारणले अरु पार्टीले जित्नुपर्ने कारण नरहेको पन ओिलीले बताए ।
‘हाम्रो गल्तीले कोही कसैले जिते मात्र, नत्र अरुले जित्नुपर्ने कारण नै छैन । यिनीहरु गठवन्धन कायम गरुन । ५५ प्रतिशत हामी ल्याऔं, ४५ अरुले मिलेर ल्याए हुन्छ ।’ ओलीले भने ।
एमालेसँग लडन सक्दैनन, एनआरएनसँग लडिरहेका छन
ओलीले अहिलेको सरकारले चुनावमा एमालेसँग लडन नसक्ने वताए । उनले प्रतिस्पर्धामा प्रचण्ड र माधव नेपालको पार्टी रहदै नरहेको भन्दै काग्रेस केही प्रतिस्पर्धामा आउन सकेपनि एमालेसाग प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गरे ।
ओलीले सरकार एनआरएनसँग लडिरहेको बताए ।
परराष्ट्र मन्त्रालयले काम गर्ने नसक्ने भन्दै उनले एनआरएनको चुनावमा झन सहयोगी बन्नुपर्नेमा एनआरएनको चुनाव नै रोकेर सरकार एनआरएनसँग लडिरहेको बताए ।
सरकार एमालेले चाहेमा एक सातामा ढालिदिन सक्ने
ओलीले सरकार एमालेले चाहेमा एक सातामा ढालिदिन सक्ने पनि चेतावनी दिए । ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ ओलीले भने –‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं । लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’
















नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया