प्रधानमन्त्री देउवा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न भोलि सुदुरपश्चिम प्रदेश जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाने भएका छन्।
बिहिबार प्रधानमन्त्री देउवा एक मन्त्री र तीन जना पूर्वमन्त्रीका साथ गृहप्रदेशमा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाने भएका कांग्रेसका नेता एनपी साउदले बताए ।
नेता साउदकाअनुसार प्रधानमन्त्री देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम जाँदै छन्।
प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्यहरु साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहने छन्।
टोली काठमाडौंबाट सोझै कुन जिल्ला जाने भन्ने बारेमा भने तय भइनसकेको नेता साउदले जानकारी दिए।
देउवाले बुधबार एनपी साउँदसँग छलफलका क्रममा आफूले प्रधानमन्त्रीलाई नदी किनारका बस्तीहरु जोखिममा रहेका, पहाडी जिल्लाहरुमा पहिरोको उच्च जोखिम रहेको, सडक सञ्जाल भताभुंग भएको, विद्युत–टेलिफोन सेवा अवरुद्ध भएकोबारे ‘ब्रिफिङ’ गरेको बताए।
‘सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका किसनाहरुले धानको एकतिहाइ खेतबाट घर ल्याउन सकेका छैनन। कतै धान बगाएको छ भने कतै डुबाएको छ। यसका बारेमा मैले प्रधानमन्त्रीलाई अवगत गराएको छु,’ नेता साउदले भने।











Gold and silver prices soar today,too
One killed in road accident
गगन र विश्वप्रकाशसँग देउवाले के भने ?
स्रोत नखुलेको ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया