बाढी र पहिरोको वितण्डा : ७७ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ७७ जनाको मृत्यु भएको छ । मंगलबार रातिदेखि बुधबार साझँ ५ बजेसम्म विपद् व्यवस्थापन महाशाखाका अनुसार ७७ जनाको मृत्यु भएको हो ।
घटनामा २७ जना बेपत्ता र २२ जना घाइते भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण ७७ जनाको मृत्यु, २७ जना वेपत्ता र २२ जना घाईते भएका छन् ।
वर्षाका कारण घर गुमाएका परिवारलाई घर निर्माण गर्न ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख दिने निर्णय गरेको हो ।
घर निर्माण गर्न जग्गाको अभाव भएमा थप ३ लाख रुपैयाँ प्रदान गर्नेसमेत बैठकले निर्णय गरेको छ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरविहीन भएका परिवारहरुलाई तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।














२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नयाँ वर्षको अवसरमा दराजले ल्यायाे दराज १.१, द नं १ सेल, ७० प्रतिशतसम्म छुट पाइने
आजदेखि रसुवागढी नाका सञ्चालनमा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
प्रतिक्रिया