बाढी र पहिरोको वितण्डा : ७७ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । देशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट ७७ जनाको मृत्यु भएको छ । मंगलबार रातिदेखि बुधबार साझँ ५ बजेसम्म विपद् व्यवस्थापन महाशाखाका अनुसार ७७ जनाको मृत्यु भएको हो ।
घटनामा २७ जना बेपत्ता र २२ जना घाइते भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण ७७ जनाको मृत्यु, २७ जना वेपत्ता र २२ जना घाईते भएका छन् ।
वर्षाका कारण घर गुमाएका परिवारलाई घर निर्माण गर्न ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख दिने निर्णय गरेको हो ।
घर निर्माण गर्न जग्गाको अभाव भएमा थप ३ लाख रुपैयाँ प्रदान गर्नेसमेत बैठकले निर्णय गरेको छ । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरविहीन भएका परिवारहरुलाई तत्काल ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।



















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया