ग्यास चोरी गरेको अभियोगमा ३ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
उनीहरुलाई विशेष सूचनाका आधारमा पुगेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक दासले जानकारी दिए ।
उनका अनुसार मङ्गलबार साँझ ७ बजेको समयमा मनहरी–६ स्थित होटल सञ्चालन गरेर बसेका ४३ वर्षीय कार्कीले बुलेट ग्यास ट्याङ्की चालकसँग समन्वय गरी खाली सिलिण्डरमा ग्यास भरेर गाउँघरमा बेच्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले निज भरत कार्कीको होटलबाट विभिन्न कम्पनीका खाली सिलिण्डर १८ थान र भरेको १३ थान गरी जम्मा ३१ थान बरामद गरेको जनाइएको छ ।
ग्यास बोक्ने गाडी एनएल०१एनओ१३१ चालक चुनुकुमार, युपी७०बिटी ९९९६ का चालक विपिनकुमार र होटल सञ्चालक कार्कीलाई नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।









क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया