अवैध ८० लाख रुपैयाँसहित एक जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १५:४६
काठमाडौँ । प्रहरीले स्रोत नखुलेको अवैध ८० लाख रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गए राति मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीबाट एक जनालाई पक्राउ गरेको हो ।
स्रोत नखुलेको ८० लाख रुपैयाँसहित पक्राउ पर्नेमा काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका १० का ३६ वर्षीय चित्रबहादुर पुन मगर रहेका छन् । लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
उनको साथबाट बा ४९ प ८५६५ नंको स्कुटर र नगद ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया