आजको राशिफल : कार्तिक ५ गते शुक्रबार

आज २०७८ साल कार्तिक महिनाको ५ गते शुक्रबार, कार्तिक कृष्णपक्षको द्वितीया तिथि ।
मेष
परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । बोलीमा नरमपना र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । आफ्नो लक्ष्य प्रति समर्पित हुने स्वाभाव हुने छ । व्यवस्थापकीय खुबीमा बृद्धि हुने हुँदा गरेका कामहरुमा सफलता प्राप्त हुने छ ।
वृष
पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सामना गर्दै अघि बढ्नु पर्ने छ । परिवारको साथ लिएर अघि बढेमा मद्धत प्राप्त हुने छ । सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोगमा भने सन्तोष मिल्ने छ । कमजोर मनोबल भएको व्यक्तित्व हुने छ । जसले गर्दा दुविधात्मक शैलीको व्यक्तित्व हुने छ ।
मिथुन
पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ भने लाभ पनि प्राप्त हुन जाने छ । बोलीको प्रभावकारीमा बृद्धि हुने छ । कडा रिस हुन जाने भएकाले यस विषयमा विचार गर्नु होला । मनमा दुविधाका मात्राहरु बढि नै देखिन जाँदा निर्णय क्षमतामा कमि आउने छ ।
कर्कट
पेशाप्रतिको लगावमा बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग निभाउन सकिने छ । पेशागत जीवनमा लाभका मात्रा बढ्न जाने छ । आम्दानीमा पनि बृद्धि देखा पर्ने छ । दाम्पत्य जीवनप्रति समर्पित हुने स्वाभावमा बृद्धि हुने छ ।
सिंह
पेशागत जीवनमा शान्त भएर निर्णयहरु लिनु पर्ने समय रहेको छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा अन्योल जस्तो बन्न पुग्ने छ । बोली प्रभावकारी बन्ने छ । आम्दानीमा भने केही बढोत्तरी हुने हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ ।
कन्या
बाठो प्रकृतिको व्यक्तित्व हुने छ । धन सम्पत्तिको बृद्धिमा केन्द्रीत कुन मनमा तिब्रता आउने छ । बोली पनि प्रभावकारी बन्न जाने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । तर भाग्यको साथ नभएका कारण कतिपय विषयमा असफलता हात पर्ने छ ।
तुला
दृढताले भरिएको व्यक्तित्व हुने छ । तर कतिपय सन्दर्भमा आवश्यकता भन्दा बढि दृढता समेत देखा पर्ने हुँदा अरुले घमण्डि भनि चित्रण समेत गर्ने ग्रहहरुको संयोजन रहेकाले यस विषयमा आफैले सीमा रेखा बुझ्दा नकारात्मक छवि कायम हुने छैन् । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा महत्वपूर्ण भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या द्वन्दका क्रम देखिने छ ।
वृश्चिक
भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पुरा हुन जाने छन् । शान्त स्वाभावको व्यक्तित्व हुँदा हुँदै पनि बोलीमा भने कटुताको तत्व रहने हुँदा यस विषयमा ध्या नदिनु होला । आम्दानीमा केही बृद्धि हुने छ । तर पेशागत जीवनमा भने अस्थिरताको सामना गर्नु पर्ने छ । बौद्धिकताको मात्रामा बृद्धि हुने छ ।
धनु
मनमा उदास हुने छ । चिसोले सताउने छ भने पानीजन्य विषयमा सतर्क रहनु होला । आफुलाई अरु भन्दा भाग्यहिन लाग्ने छ । दाम्पत्य जीवनमा मधुरता देखिने छ भने जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा सहजता हुने छ । आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा भने आँकलन नगरिएका अड्चनहरु देखा पर्ने हुँदा उतारचढाव देखा पर्ने छन् ।
मकर
मनमा नकारात्मक विचारहरुको श्रृङ्खलाले गर्दा उदासिनताको मात्रा बढ्न जाने छ । मन नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । बोलीमा कटुताको मात्रा देखा पर्ने भएकाले संयमित रहनु होला । विदेश यात्रा गर्ने विचारले तिब्रता पाउने छ । पेशागत जीवन स्थिर रहने छ भने आम्दानीमा पनि केही बृद्धि देखिने छ ।
कुम्भ
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुको निरन्तरता दिनु नै उपयुक्त हुने छ । आफुले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा देखिने छैन् । जीवनसाथिको साथ वा सल्लाहसहित काम गरेमा जोखिमहरु कम हुन जाने छन् ।
मीन
बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने ज्ञान र बुझाईको मात्रा फराकिलो बन्ने छ । चतुर व्यक्तित्व हुने छ । पेशागत जीवनमा अरुसँग जुधेर अघि बढ्नु पर्ने समय छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने छ । त्यसैले अरुको कुरा धेरै सुन्ने वा त्यस कुराले खिन्नता हुने भन्दा आफै प्रति दृढ विश्वास राख्दै अघि बढ्नु उपयुक्त हुने छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल
झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान
प्रतिक्रिया