उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी

काठमाडौं । नेकपा एमालेकाे आसन्न ११औँ महाधिवेशनमा उपत्यकाबाट केन्द्रीय सदस्यका लागि युवा नेता हिमेश केसीले दावी पेश गरेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. १० बाट एमालेका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका केसी स्थानीय र केन्द्रको राजनीतिमा प्रभावकारी रुपमा क्रियाशील छन् ।
लोकप्रियता र संगठनात्मक रूपमा महाधिवेशनमा उपत्यकाबाट केन्द्रीय सदस्यका लागि उनी सबैभन्दा बलिया दाबेदारका रूपमा चर्चामा छन् । २०५८ देखि सक्रिय राजनीतिक यात्रा सुरु गरेका केसी दुई दशकभन्दा बढी समयदेखि युवा संघ नेपाल र नेकपा (एमाले) को संगठनमा सक्रिय छन्। युवामाझ राजनीतिक चेतना जगाउने, संगठन विस्तार गर्ने र स्थानीय तहमा विकासका पहल अघि बढाउने कार्यमा उनले निरन्तर योगदान पुर्याउँदै आएका छन् ।
नेकपा एमालेले पछिल्ला वर्षहरूमा युवा पुस्तालाई उल्लेखनीय रूपमा स्थान दिन थालेको छ । यही धार अन्तर्गत पार्टीले समेत आफुलाई प्राथमिकता राखेर युवा नेता हिमेश केसीलाई अगाडि बढाउने उनको विश्वास छ । केसीको प्राथमिकता सदैव युवा नेतृत्वको विकास र स्थानीय तहमा प्रभावकारी काममार्फत परिवर्तन ल्याउने रहेको छ। “सुखी नेपाली, समृद्ध नेपाल” को राष्ट्रिय लक्ष्यलाई मूर्तरूप दिन युवालाई अवसर, सम्मान र काम गर्ने अनुकूल वातावरण अत्यावश्यक छ भन्ने उनी मान्छन्।
युवाको सक्रियता र क्षमताले मात्र राष्ट्रको दीर्घकालीन स्थिरता र विकास सुनिश्चित गर्न सकिने उनको विश्वास छ। स्थानीय विकासका योजनामा पनि केसीले सडक, आधारभूत संरचना, सामाजिक अभियान र जनसहभागितामूलक कार्यक्रमहरूलाई प्राथमिकता दिएका छन्। केसीले भन्छन्—”नेपालमा दीर्घकालीन समृद्धि युवाको सशक्त सहभागिता बिना सम्भव छैन ।”
युवालाई अवसर, सीप र सम्मान दिने नीति निर्माण गर्नुपर्नेमा उनकाे जाेड छ । त्यस्तै स्थानीय विकासलाई दिगो र जनमुखी बनाउनुपर्ने, देशको समृद्धि लक्ष्यलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा उनकाे विशेष जोड छ । यिनै एजेन्डाले उनी महाधिवेशनमा उम्मेदवारी दिने तयारीमा छन् ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया