जेसिज सप्ताह शनिबारदेखि

बागलुङ । बागलुङमा शनिबारदेखि जेसिज सप्ताह सुरु हुँदैछ । बागलुङ जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत सोको जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ ।
सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस’, यही कात्तिक ८ गते बैंकर्स करियर तालिम, ९ गते साइकल यात्रा, १० गते प्रभावकारी सार्वजनिक भाषण कला तालिम र ११ गते माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखिएको छ ।
त्यसैगरी १२ गते स्व प्रगति स्मृति वक्तृत्वकला प्रतियोगितासहित, पुरस्कार वितरण र समापन समारोह हुने सप्ताहका मूल संयोजक अमरबहादुर थापाले जानकारी दिए । जेसिजले वर्षेनी सप्ताहको आयोजना गर्ने गर्दछ ।
अघिल्लो वर्ष कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट जेसिज सप्ताह मनाइएको थियो । जेसिजकर्मीले सप्ताहलाई वार्षिक पर्वका रूपमा लिन्छन् ।
रचनात्मक र सिर्जनशील कार्यक्रममार्फत समाजलाई सकारात्मक टेवा पु¥याउनु सप्ताहको उद्देश्य रहेको बागलुङ जेसिजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताए । दुर्घटना न्यूनीकरणका लागि सन्देश दिन ‘स्लो बाइक रेस’ देखि स्वास्थ्य र पर्यावरणका लागि साइकल यात्रासम्मका कार्यक्रमलाई सप्ताहमा समेटिएको छ ।















कस्तो छ देशको आर्थिक अवस्था ? अर्थ मन्त्रालयले सार्वजनिक गर्याे स्थितिपत्र
बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव, देशभर सामाजिक अभियान संचालन
सिटिजन्स बैंक खुला टेनिस: निहाल, प्रदीप र निसान विजयी
सुदूरपश्चिम प्रदेश प्रमुखद्वारा बजेट अधिवेशन आह्वान
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
प्रतिक्रिया