जलाएर हत्या गरेको आरोपी आफताव आलमको मुद्दा पेसी तोकियो
मेरोन्यूज
२०७८ कार्तिक ५ गते ११:५९

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहम्मद आफताव आलमको मुद्दामाथि सुनुवाई हुने भएको छ । पूर्व मन्त्रीसमेत रहेको उनीमाथि सुनुवाईका लागि सर्वोच्च अदालतमा शुक्रबार पेसी तोकिएको हो ।
बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका दुई दर्जन व्यक्तिहरूलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा उनी प्रहरी नियन्त्रण्मा रहँदै आएका छन् । हिरासतमा रहेका उनले जमानतमा रिहाईको माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।
शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाई हुने भएको हो । यसअघि पटक पटक पेसी तोकिए सुनुवाई हुन सकेको थिएन ।
आलम रौतहटबाट निर्वाचित कांग्रेस सांसद हुन् । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।
जिल्ला अदालत र उच्च अदालतले उनलाई हिरासतमा राखेर मुद्दा प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।
सम्बन्धित












कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया