तिहारपछि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारीमा प्राधिकरण

काठमाडौं । पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण मोडलको विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा नेपालले नमूना काम गरेको भन्दै सम्मेलन गर्न लागेको जनाएको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको राजधानी काठमाडौंमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा पूर्वाधार निर्माण नेपालको मात्रै नभई विश्वले थाहा पाउने जानकारी दिए । सम्मेलन मंसिर २१ देखि २३ गतेसम्म हुनेछ ।
प्राधिकरणमा शुक्रबार आर्थिक पत्रकारसँगको भेटघाटमा उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली पुनर्निर्माण मोडलको बारेमा जानकारी गराउने लक्ष्य सम्मेलनको रहेको उल्लेख गरे ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले राजनीतिक संक्रमणकै बीचमा करिब ६ वर्षमा उत्कृष्ठ कार्य गरेको दाबी गरे ।
धरहरा, सिंहदरबारलगायत काम प्राधिकरणले गरे पनि अन्य काम हस्तान्तरण गरेको छ ।
वि.सं. २०७२ सालमा भूकम्पपछि पुस १० गते प्राधिकरण स्थापना भएको थियो । जसको कार्य समय आगामी पुष ९ गते सकिदैछ ।
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया