कांग्रेस महामन्त्री कोइराला भारत प्रस्थान
मेरोन्यूज
२०७८ कार्तिक ६ गते ८:५३

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । उनी शनिबार बिहान ८ बजे कोइरालासहितको टोली भारत प्रस्थान गरेका हुन् ।
महामन्त्री कोइराला भैरहवाबाट सडक मार्ग हुँदै भारतको मुम्बई जाने भएका हुन् । उनको टोलीमा केन्द्रीय सदस्य दीपक गिरी, पार्टीका संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी रहेका छन् ।
उनीहरू मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न भारत जान लागेका हुन् । यसबीच १४ औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरूले भारत भ्रमण बाक्लो बनाएका छन् ।
उनको भ्रमणलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । उनी सोमबार स्वदेश फिर्ता हुने छन् ।
सम्बन्धित















आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया