आइतबार, माघ २७, २०८१

कांग्रेस महामन्त्री कोइराला भारत प्रस्थान

मेरोन्यूज २०७८ कार्तिक ६ गते ८:५३

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । उनी शनिबार बिहान ८ बजे कोइरालासहितको टोली​ भारत प्रस्थान गरेका हुन् ।

Advertisement

महामन्त्री कोइराला भैरहवाबाट सडक मार्ग हुँदै भारतको मुम्बई जाने भएका हुन् । उनको टोलीमा केन्द्रीय सदस्य दीपक गिरी, पार्टीका संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी रहेका छन् ।

उनीहरू मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न भारत जान लागेका हुन् । यसबीच १४ औँ महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरूले भारत भ्रमण बाक्लो बनाएका छन् ।

उनको भ्रमणलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । उनी सोमबार स्वदेश फिर्ता हुने छन् ।

प्रतिक्रिया