सोमबार, मंसिर २२, २०८२

पार्टी विरोधी तत्व बाहिरिएपछि एमाले एकढिक्का छ : ओली

वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर देखाउन पार्टी पंक्तिलाई ओलीको निर्देशन

मेरोन्यूज २०७८ कार्तिक ६ गते १२:५९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विरोधी तत्वहरु वाहिरिएपछि एमाले एकढिक्का भएको बताएका छन् । पार्टीको ६ हजार ७४३ वडा अधिवेशनको एकसाथ भर्चुअल माध्यमबाट समुदघाटन गदै ओलीले प्रचण्ड गुटले पार्टी छोडेपछि र माधव नेपाल गुट पार्टीबाट वाहिर पुगेपछि एमाले एकढिक्का भएको बताएका हुन् ।

‘पार्टी विरोधि गतिविधि गर्ने तत्वहरुको बहिर्गमनपछि सकारात्मक कुरा भनेको अब हामी एक ढिक्का छौं । आपसी तानातान गर्ने र बाहिर पार्टीको बेइज्जति गर्ने खालको प्रवृत्ति अब छैन । यो एउटा खुशीको कुरा हो ।’ अध्यक्ष ओलीले भने, अव पार्टी एक ढिक्का भएर हिडेको छ । ठूला समस्या पार्टीभित्र छैन । यो पार्टीलाई कमजोर बनाउने , सरकारबाट हटाउने खेल र आन्तरिक तथा वाह्य साठगाँठका जुन प्रयास भयो त्यसको एउटा निश्कर्ष सरकारमा भयो, हामी प्रतिपक्षमा पुग्यौं, प्रचण्ड गुटले पार्टी छोडर गएपछि र माधव नेपाल गुटले पार्टी छोडेर गएपछि नयाा ढंगले पार्टी अगाडी वढेको छ । पार्टी एकताबद्ध भएको छ ।’

समावेशी सहभागिताको पक्षमा अहिले भईरहेका पार्टीको आधारभूत तहको अधिवेशनको विशेष महत्व रहेको भन्दै ओलीले आफुलाई सवैभन्दा लाकेतान्त्रिक भन्ने पार्टीले समेत महाधिवेशन गर्न नसकिरहेको बेला एमालेले कुशल ब्यवस्थापन, नेताहरुको उन्नत प्रकारको समझदारीले सफलता मिलिरहेको बताए ।

उनले केन्द्र देखि तल्लो तहसम्मका आठ हजार भन्दा वढी पार्टीका कमिटिहरुले एमाले देशब्यापी रुपमा फैलिएको भन्दै ति कमिटिहरुको क्रियाकलाप, अधिवेशन र आवाधिक ढंगले कार्यकर्ता पंक्तिवाट पून र्निाचित हुने , सम्मेलन गर्ने कुरा अत्यन्त महत्वपूर्ण रहेको र पार्टी देशभर परिचालित भएको बताए ।

एमाले देशको राजनीतिक पार्टीहरुको पनि नेता पार्टी भएको भन्दै लोकतन्त्र आफ्नै पार्टीले लडेर ल्याएको ओलीको जिकिर थियो । आजको राष्टको उपलब्धीका पछाडी यसै पार्टीमा लागेर लडेका नेता कार्यकर्ताको असाधारण भूमिका रहेको ओलीले बताए । अनुशासित लोकतन्त्र आफुहरुले चाहेको ओलीकोभ नाई थियो । उनले लोकतन्त्रको नाममा अराजकता नचाहेको पनि वताए ।

लोकतान्त्रिक भवन निर्माणको डिजाइनर हामी हौं

ओलीले लोकतान्त्रिक आन्दोलनको भवनको निर्माणको डिजाइनर एमाले भएको जिकिर गरे । त्यसको लागि अगुवाई सहितको सहभागिता रहेकोले पनि सवैभन्दा वढी जिम्मेवार यो प्रणालीको सन्र्दभमा एमाले भएको ओलीले बताए । डिजाइन, परिकल्पनाकार एमाले हो ओलीले भने ।

मा एमाले भएको ओलीले बताए । डिजाइन, परिकल्पनाकार एमाले हो ओलीले भने ।

सर्वसम्मत नेतृत्व चयनमा जोड
एमालेले आजको वडा अधिवेशनबाट देशभरका वडहरुमा एमालेले नयाँ नेतृत्व पनि चयन गदैछ । ओलीले वडा अधिवेशन समुदघाटन गदै वडा हरुमा सकभर सर्वसम्मत नेतृत्व चयनमा पनि जोड गरे । उनले विधान महाधिवेशनको प्रसंग उठाउँदै विधान, संगठनात्मक प्रतिवेदन देखि राजनीतिक प्रतिवेदनहरु उन्नतप्रकारको समझदारीका साथ एकतावद्ध ढंगले सर्वसम्मत ढंगले पारित गरेको उदाहरण सुनाउँदै वडाबाटै सर्वसम्मत नेतृत्व चयन गरेर नमुना देखाउनु पर्नेमा जोड दिए ।

उनले सर्वसम्मत नेतृत्व चयन गरेर राष्ट निर्माण गर्ने सक्षम पार्टीको उदाहरण दिन पनि एमालेले सर्वसम्मत नेतृत्व चयन गरेर देखाउनुपर्ने बताए । विरोधी पाटीृहरुले पार्टीमा विवाद देखाउने, निम्ताउन सक्ने भन्दै ओलीले त्यसमा पार्टीले सचेततापूर्वक ख्याल गर्नुपर्ने बताए ।

प्रतिक्रिया