१० बुँदे भन्ने साथीहरुको कस्तो हरिबिजोग : माधव नेपाल
१० बुँदे सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग। कुनै सम्मान छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेभित्र १० बुँदे सम्झौताको कुरा गर्नेहरुको हरिबिजोग भईरहेको बताएका छन् । शनिबार सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले १० बुँदे सम्झौताको कुरा गरिरहने साथीहरुको एमालेमा कुनै मर्यादा, सम्मान नभएको पनि बताएका हुन् ।
नेपालले ओलीको पार्टीमा उनको आदेशको पालना गर्ने र स्वागत गर्नेहरुलाई मात्र स्थान रहेको तर अरु विषय उठाईरहने हरुको कुनै स्थान नभएको बताएका हुन् ।
‘आदेशको पालना गर्यो भने स्यावास, उ बस्न पाउँछ, आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको, कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’ माधव नेपालले भने,-‘छैन कुनै मर्यादा छैन, कुनै सम्मान छैन , कुनै छलफल छैन । दावाका साथ म भन्दैछु काहा थिए ३१ सालमा कोओडिनेसन केन्द्रको दस्तावेज जारी गर्ने बेलामा ? अपिल जारी गर्ने बेलामा ? कोओडिनेसन केन्द्रको केन्द्रीय कमिटि, पोलिटब्यूरो घोषणा गर्दा को काहा थिए ? मुकुन्द न्यौपाने, झलनाथ खनाल, म स्वंयम तपाईहरुको साथमा छु । जीवराज आश्रित हुनुहुन्न अहिले , जीवराज आश्रित हुदै हुनुहुन्छ, मदन भण्डारी हुनुहुन्न अहिले । मदन भण्डारीले अगाडी सार्नुभएको विचार जनताको वहुदलीय जनवाद त्यसको सिर्जना कसले गरयो ? मदन भण्डारीको अगुवाईमा पार्टी नेकपा एमालेले गरेको थियो । केपी ओली एण्ड कम्पनीले गरेको होइन ।’
एमाले अहिले ओलीको दास पार्टी मात्र भएको नेता नेपालको भनाई थियो । उनले एमालेमा अव ओलीका दाशहरुमात्र रहन सक्ने भन्दै त्यहाँ अन्य नेताहरुको कुनै मर्यादा र सम्मान हुन नसक्ने जिकिर गरे ।
ओलीकै कारण कम्युनिष्ट आन्दोलन धुजाधुजा भएको भन्दै उनले ओली सुध्रनै नसक्ने देखेपछि आफुहरुले विद्रोह गरेको बताएका थिए ।















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया